images

एनआरएनए कान्साई क्षेत्रीय समितिको संयोजकमा भीमबहादुर काउचा निवार्चित

ओसाका, जापान । गैरआवासीय नेपाली संघ जापान अन्तर्गत कान्साई क्षेत्रीय कार्यसमितिको दशौं अधिवेशन भव्य रूपमा सम्पन्न भएको छ। अधिवेशनबाट सन् २०२५-२०२७ कार्यकालका लागि भिम काउचा (अनुप) कान्साई क्षेत्रीय कार्यसमितिको संयोजकमा चयन हुनु भएको छ ।

अधिवेशनले उपसंयोजक शङ्कर भुसाल, राम थापा (नारायण) र लक्ष्मण न्यौपाने चयन गरेको छ । यसैगरी सचिवमा लक्ष्मण गैरे, सह-सचिवमा प्रकाश कॅंडेल र चूडामणि कॅंडेल चयन भएका छन् । यसैगरी कोषाध्यक्षमा बलबहादुर कॅंडेल (मुकेश), सह-कोषाध्यक्षमा रोशन सापकोटा र युवा संयोजकमा टंकप्रसाद न्यौपाने (राजन), र सदस्यहरूमा सन्तोष लामिछाने, दीपेन्द्र सापकोटा, विशाल भुजेल, काशिराम अर्याल, गिरिराज चौधरी, गुरूदेव कँडेल, भक्तबहादुर बिके, सन्देश बुढाथोकी, दिनेश पौडेल, पुष्कर चौसिर, सुदिप लामिछाने, सूर्यप्रसाद अर्याल, झरेन्द्रकुमार कुँवर (अन्जन) र अग्निराज त्रिपाठी तथा महिला सदस्यमा सरिता मगर शेर्पा (जेनी)निर्विरोध निर्वाचित गरेको छ । त्यसैगरी सल्लाहकार सदस्यमा ओमबहादुर खड्का क्षेत्री, काशिराम अर्याल, खेलकुद विभाग प्रमुख प्रेम बोहरा र सञ्चार विभाग प्रमुखमा सुविन न्यौपाने चयन हुनु भएको छ।

नवनिर्वाचित संयोजक भीम बहादुर घर्ति (अनुप)ले आफ्नो कार्यकालमा जापानमा घट्ने अप्रत्यासित घटनाहरूलाई न्यूनीकरण गर्न विभिन्न प्रशिक्षणमूलक कार्यक्रमहरू ल्याउने बताउनु भएको छ । 

एनआरएनए जापानका उपाध्यक्ष कृष्ण गैरेको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा अतिथीहरु एनआरएनए जापानका विशेषज्ञ समिति सदस्य नरेन्द्र बस्नेत, आईसीसी पूर्व सदस्य तुलसीराम खरेल, एनआरएनए जापानका केन्द्रिय सदस्य विष्णु सापकोटा, समाजसेवीहरु मुक्तिराम खरेल, आत्मराम शर्मा गैरे, गलकोट समाज कान्साई अध्यक्ष नरबहादुर थापा, कर्णाली समाज कान्साई अध्यक्ष झरेन्द्रकुमार कुँवर (अन्जन), गैरे समाजका अध्यक्ष होमप्रसाद गैरे, देवप्रसाद पाँडे लगायत हुनुहुन्थ्यो । अधिवेशनको सभापति एनआरएनए कान्साईका संयोजक हरिप्रसाद कडेल हुनुहुन्थ्यो । 

 

बुधबार १८ असार २०८२ ०६:३३ AM मा प्रकाशित

प्रतिक्रिया