जापान । नेपाल पत्रकार महासंघ जापान शाखाको छैटौँ अधिवेशनबाट निर्वाचित नयाँ कार्यसमितिको शपथग्रहण तथा पदभार हस्तान्तरण कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ।
कार्यक्रममा बोल्दै नेपाल पत्रकार महासंघकी केन्द्रीय अध्यक्ष निर्मला शर्माले प्रवासमा थप देशहरूमा शाखा विस्तारको आवश्यकता रहेको बताइन्। उनले प्रवासमा बसेर पत्रकारिता गर्दा पनि पत्रकार आचारसंहिता र तथ्यपरक सूचनाको प्राथमिकता अनिवार्य रूपमा पालन गर्नुपर्नेमा जोड दिइन। उनका अनुसार, संस्थाभित्रका सबै निर्वाचनहरू तोकिएको समयमा पारदर्शी र निष्पक्ष ढंगले सम्पन्न हुनुपर्छ।
सोहि कार्यक्रममा एनआरएनए जापानका अध्यक्ष सुभाष लामिछाने, महांघका संस्थापक अध्यक्ष तिलक मल्ल, पूर्व अध्यक्ष मोहन घले, निवर्तमान अध्यक्ष शान्त पहारी, तथा नव–निर्वाचित अध्यक्ष रविन्द्र श्रेष्ठले नयाँ कार्यसमितिलाई बधाई दिँदै संगठनको प्रभावकारिता बढाउन आफ्नो योगदान रहने प्रतिवद्धता व्यक्त गरे। शपथ तथा प्रमाणपत्र वितरण कार्यक्रम निर्वाचन समिति संयोजक खगराज गौतमको अध्यक्षतामा सम्पन्न भयो भने स्वागत मन्तव्य खड्क गुरुङले तथा सञ्चालन पूर्ण चलाउनेले गरेका थिए।
‘प्रवासमा जिम्मेवार पत्रकारिता’ विषयक एकदिने प्रशिक्षण सम्पन्न
नेपाल पत्रकार महासंघ जापान शाखाले ‘प्रवासमा जिम्मेवार पत्रकारिता र सामाजिक सञ्जालको प्रयोग’ विषयक एकदिने प्रशिक्षण कार्यक्रम पनि आयोजना गर्यो। कार्यक्रमको सहजीकरण गर्दै केन्द्रीय अध्यक्ष निर्मला शर्माले प्रवासमा कार्यरत पत्रकारहरूले तथ्यपरक सामग्री, पेशागत आचारसंहिता, सामाजिक सञ्जालमा जिम्मेवार व्यवहारमा विशेष ध्यान दिनुपर्ने सन्देश दिइन्। उक्त अवसरमा जापानका विभिन्न शहरमा कार्यरत नेपाली पत्रकारहरूको सक्रिय सहभागितामा प्रशिक्षण सम्पन्न भएको थियो।
नवनिर्वाचित कार्यसमितिको पहिलो बैठकका निर्णयहरू
नयाँ नेतृत्वको पहिलो बैठकले आगामी कार्यदिशा तय गर्दै महत्वपूर्ण निर्णयहरू गरेको छ । कार्यसमितिले सल्लाहकार समिति गठन गरेको छ । समितिमा महासंघका संस्थापक अध्यक्ष तिलक मल्ल, पूर्व अध्यक्ष मोहन घले, निवर्तमान अध्यक्ष शान्त पहारी र अध्यक्षका निकटतम प्रतिद्वन्द्वी राजन गौतमलाई सल्लाहकारमा चयन गरेको छ ।
बैठकले महासंघ जापानमा विधिवत रुपमा दर्ता गर्ने निर्णय गर्दै आवश्यक प्रकिया अगाडि बढाउन अध्यक्ष रविन्द्र श्रेष्ठ संयोजक, शान्त पहारी र दिपक गौतम सदस्य रहेको समितिलाई जिम्मा दिने निर्णय गरेको छ ।
नेपाल पत्रकार महासंघ जापान शाखालाई अझ सक्रिय र प्रभावकारी बनाउने उद्देश्यले नेपालीहरूको बसोबास बढी रहेका तीन क्षेत्रमा ‘मिडिया समन्वय समिति’ गठन गर्ने निर्णय गरिएको छ। सोही अनुरूप नागोया क्षेत्र भूलबहादुर राना ९निशान०, ओसाका क्षेत्र रामचन्द्र गिरी र तीन हिरोशिमारफुकुओका क्षेत्र भुवन भण्डारीलाई क्षेत्रगत समन्वयकर्ताको जिम्मेवारी प्रदान गरिएको छ। बैठकले पत्रकारिता पुरस्कार स्थापना गर्ने, पत्रकार कल्याण कोषको कार्यविधि बनाउनका लागि निवर्तमान अध्यक्ष शान्त पहरी संयोजक, सचिव अर्जुन लामिछाने र कोषाध्यक्ष भुल बहादुर राना (निसान) सदस्य रहेको कार्यदल गठन गर्ने निर्णय गरेको छ ।
प्रतिक्रिया