काठमाडौं । राष्ट्रिय स्वतन्त्र पाटी ९रास्वपा० का वरिष्ठ नेता बालेन शाह झापामा विभिन्न कार्यक्रमहरू सञ्चालन गर्दै छन्।उनले कमल गाउँपालिकाका वडा सभापतिहरूसँग भेटघाट गर्दै स्थानीय समस्या र आवश्यकताहरूको बारेमा छलफल गरेका छन् ।यसैगरी, नेता बालेनले झापाका विभिन्न क्षेत्रका सामाजिक, राजनीतिक र प्रतिष्ठित व्यक्तित्वहरूसँग भेटघाट गरी स्थानीय विकास, जनतालाई सशक्त बनाउने र समस्याहरूको समाधानका उपायहरूबारे छलफल गरेका छन्।कार्यक्रममा उपस्थित प्रतिनिधिहरूले आफ्नो क्षेत्रमा रहेका चुनौती, समस्या तथा सम्भावित सुधारका सुझावहरू व्यक्त गरेका छन् । रास्वपाका नेताहरूले त्यस्ता सुझावलाई पार्टीको नीति निर्माण र स्थानीय विकास कार्यक्रममा समावेश गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।
प्रतिक्रिया