काठमाडौं । संघीय संसदको राष्ट्रिय सभा अन्तर्गत रहेको विधायन व्यवस्थापन समितिको बैठक आज बस्दैछ ।बुधबार समितिको १६३ औं बैठक सिंहदरवारस्थित समितिको बैठक कक्षमा बिहान ११ः३० बजे बस्ने भएको हो ।आजको बैठकमा अभौतिक सांस्कृतिक सम्पदा ९संरक्षण० विधेयक, २०८१ उपर सैद्धान्तिक छलफल गरिने कार्यसूचीमा उल्लेख गरिएको छ ।समितिका सचिवालयले बैठकमा सहभागिता जनाउन सबै सरोकारवालाहरू र सदस्यहरूलाई उपस्थित हुन अनुरोध गरेको छ । बैठकले आगामी विधायन प्रक्रियामा समिक्षा र सुधारका लागि महत्वपूर्ण सिफारिसहरू गर्ने अपेक्षा गरिएको छ ।
प्रतिक्रिया