सर्लाही । पूर्व–पश्चिम राजमार्गअन्तर्गत सर्लाहीको ईश्वरपुर बुधबार बिहान भएको कार दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने तिन जना घाईते भएका छन्।जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार काँकडभिट्टाबाट बुटवलतर्फ गइरहेको लु ३ च ५४७२ नम्बरको कार ईश्वरपुर नगरपालिका–१२ स्थित बाँके जङ्गलको तेस्रो कज्वेमा अनियन्त्रित भई दुर्घटना भएको हो।दुर्घटनामा रूपन्देहीको बुटवल उपमहानगरपालिका–१ निवासी २७ वर्षीय शुभम जैसवालको मृत्यु भएको छ।दुर्घटनाको खबर पाएलगत्तै घटनास्थल पुगेको प्रहरी टोलीले कारमा सवार चारै जनालाई उद्धार गरी उपचारका लागि बर्दिवास पु¥याएको थियो।गम्भीर घाइते शुभमको बर्दिवासस्थित शुभस्वस्तिक अस्पतालमा उपचारकै क्रममा मृत्यु भएको प्रहरी नायब उपरीक्षक सरोज राईले जानकारी दिए।दुर्घटनामा घाइते हुनेमा कार चालक २३ वर्षीय साहिल बर्मा, ४८ वर्षीय बृजकिशोर बर्मा र ५२ वर्षीय सजय जैसवाल रहेका छन्।उनीहरूको सोही अस्पतालमा उपचार भइरहेको छ। प्रहरीका अनुसार सजय जैसवालको अवस्था गम्भीर छ। घाइतेहरूलाई टाउको, छाती र ढाडलगायत शरीरका विभिन्न भागमा चोट लागेको छ। दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
प्रतिक्रिया