जनकपुरधाम - जनकपुरधाममा कानुन व्यवसायीहरूको दबाबमूलक आन्दोलन तेस्रो दिन पनि जारी रहेको छ ।
समग्र न्यायपालिकामा भइरहेको भ्रष्टाचार, विकृति, विसंगति अन्त्य तथा न्यायपालिकाको जनआस्था अभिवृद्धिका लागि विभिन्न ८ बुँदे मागसहित कानुन व्यवसायीहरूले बुधबार पनि नेपाल बार एसोसिएसन जनकपुरधामको मूलगेटमा धर्ना दिएका हुन् ।
समग्र न्यायपालिकाको सुधारका लागि दबाबमूलक आन्दोलन गर्ने केन्द्रीय बारको निर्णय अनुसार विभिन्न जिल्लामा आइतवारदेखि सुरु गरिएको आन्दोलन नेपाल बार एसोसिएसन जनकपुरधामले तेश्रो दिन पनि जारी राखेका छन् ।