images

नवलपुर समाज जापानको पाँचौँ अधिवेशन सम्पन्न, हरि प्रसाद कँडेलको अध्यक्षतामा नयाँ कार्यसमिति निर्वाचित

जापान । नवलपुर समाज जापानको पाँचौँ अधिवेशन भव्य रूपमा सम्पन्न भएको छ। गैरआवासीय नेपाली संघ (एनआरएनए) जापानका उपाध्यक्ष मुक्तिराम खनाल ‘विनोद’को प्रमुख आतिथ्यतामा सम्पन्न अधिवेशनको अध्यक्षता समाजका अध्यक्ष सुरेश सापकोटाले गर्नुभएको थियो।  अधिवेशनमा जापानमा रहेका विभिन्न नेपाली संघ–संस्था तथा सामाजिक संस्थाका प्रतिनिधिहरूको सहभागिता रहेको थियो। सहभागीहरूले नवलपुर समाज जापानले प्रवासमा रहेका नवलपुरवासी नेपालीहरूलाई एकताबद्ध गर्दै सामाजिक तथा सामुदायिक क्षेत्रमा पुर्‍याउँदै आएको योगदानको प्रशंसा गरेका थिए।

जापानको ओसाकामा सम्पन्न अधिवेशनले हरि प्रसाद कँडेलको अध्यक्षतामा नयाँ कार्यसमिति निर्वाचित गरेको छ। नवनिर्वाचित कार्यसमितिको अध्यक्षमा हरि प्रसाद कँडेल, उपाध्यक्षमा प्रकाश सापकोटा, लक्ष्मी सापकोटा र सुरेश सापकोटा ‘डीपी’ चयन हुनुभएको छ। त्यस्तै, महासचिवमा विश्वास आचार्य, सचिवमा कृष्ण भुसाल, सह–सचिवमा रमेश कँडेल, कोषाध्यक्षमा शंकर भुसाल र सह–कोषाध्यक्षमा प्रेम निउरे निर्वाचित हुनुभएको छ।

सदस्यहरूमा मणि सापकोटा, नवीन सापकोटा, अम्बिका अर्याल सापकोटा र प्रदीप काजी श्रेष्ठ चयन हुनुभएको छ। नवनिर्वाचित अध्यक्ष कँडेलले समाजलाई थप व्यवस्थित र प्रभावकारी रूपमा अघि बढाउँदै जापानमा रहेका नवलपुरवासी नेपालीहरूबीच आपसी एकता, सहकार्य र भाइचारा कायम गर्न आफूले प्राथमिकताका साथ काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ। अधिवेशनमा सहभागी अतिथि तथा विभिन्न संघ–संस्थाका प्रतिनिधिहरूले नवनिर्वाचित कार्यसमितिलाई सफल कार्यकालको शुभकामना दिएका थिए।

आइतबार​ १८ असोज २०८३ ०५:२९ PM मा प्रकाशित

प्रतिक्रिया