काठमाडौँ - कार्यालयमै जुवा खेल्ने तीनजना महानगर प्रहरीलाई काठमाडौं महानगरपालिकाले निलम्बन गर्ने भएको छ ।
नगर प्रहरी निरीक्षक निरकुमार बस्नेत, हवल्दार प्रयास घिमिरे र जवान रुपेश बानियाँलाई महानगरपालिकाले निलम्बन गर्ने भएको हो ।
बुधबार दिउँसो टेकुस्थित नगर प्रहरी बल कार्यालयमा तीन जना नगर प्रहरी तास खेलिरहेको अवस्थामा फेला परेका थिए ।