काठमाडौं । संघीय संसदअन्तर्गत आज दुई संसदीय समितिको बैठक बस्दैछ ।राष्ट्रिय सभा अन्तर्गतको विधायन व्यवस्थापन समिति र सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक आज बस्न लागेको हो ।विधायन व्यवस्थापन समितिको १५१ औं बैठक बिहान ११ः३० बजे सिंहदरवारस्थित समितिको बैठक कक्षमा बस्दैछ ।आजको बैठकमा चलचित्र विधेयक, २०८१ मा दफावार छलफल गरिने कार्यसूची तय गरिएको छ ।यस्तै दिनको १ बजे सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समिति हलमा सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको ३१४औँ बैठक बस्दैछ ।बैठकमा कोशी प्रदेशको अनुगमन कार्यक्रमको समीक्षा गरिने कार्यसूचीमा उल्लेख गरिएको छ ।
प्रतिक्रिया