images

महामन्त्रीमा प्रदीप पौडेलले गराए उम्मेदवारी दर्ता

 नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पुनः महामन्त्री पदमा उम्मेदवारी दर्ता गरेका छन्। कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत मंगलबार पौडेलले महामन्त्री पदमा आफ्नो उम्मेदवारी दर्ता गराएका हुन् ।  कांग्रेसको संशोधित विधानअनुसार यसपटक दुई खुला र एक महिला गरी तीन महामन्त्री रहने व्यवस्था गरिएको छ। खुलातर्फ महामन्त्री पदका लागि यसअघि डा. सुनिल शर्मा, नैनसिंह महर र शंकर तिवारीले उम्मेदवारी दर्ता गराइसकेका छन्।

मङ्गलबार २० असोज २०८३ ०३:२३ PM मा प्रकाशित

प्रतिक्रिया