images

ऊर्जा, भौतिक तथा सहरी विकास मन्त्री कुलमान घिसिङको राजीनामा

काठमाडौं । आगामी प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै ऊर्जा, भौतिक तथा सहरी विकास मन्त्री कुलमान घिसिङले पदबाट राजीनामा दिएका छन् ।फागुन २१ गते हुने निर्वाचनमा उम्मेदवारी दिने तयारीसहित उनले बुधबार प्रधानमन्त्री सुशीला कार्कीसमक्ष राजीनामा बुझाएका हुन् ।भदौ ३० गते मन्त्रीको सपथ लिएका घिसिङले अल्प अवधिमै सरकार छाड्दै प्रत्यक्ष राजनीतिमा सक्रिय हुने संकेत दिएका छन् । उनले बुधबार बेलुका पत्रकार सम्मेलन गरी आफ्नो राजीनामा र भावी राजनीतिक यात्राबारे औपचारिक धारणा सार्वजनिक गर्ने तयारी गरेका छन् ।प्रधानमन्त्री कार्यालयले घिसिङको राजीनामा बुझाएको तस्बिर सार्वजनिक गरेसँगै सरकारभित्रको राजनीतिक पुनर्संरचना र दलगत समीकरणबारे चर्चा सुरु भएको छ ।यसअघि ‘उज्यालो नेपाल’ नामक दल दर्ता गराएका घिसिङ हाल राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० सँग एकता गरिसकेका छन् । उनी रास्वपाका उपसभापति समेत हुन् ।

बिहीबार २४ पुस २०८२ ०८:५७ AM मा प्रकाशित

प्रतिक्रिया