काठमाडौं । संघीय संसदको राष्ट्रियसभा अन्तर्गत रहेका विभिन्न दुईवटा समितिका बैठक आज बस्दैछन् । आज विधायन व्यवस्थापन समिति र सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक बस्न लागेको हो ।बिहान ११ः३० बजे बस्ने विधायन व्यवस्थापन समितिको बैठकमा अभौतिक सांस्कृतिक सम्पदा ९संरक्षण० विधेयक, २०८१ को मस्यौदा प्रतिवेदन उपर छलफल गर्ने कार्यसूची रहेको छ ।यस्तै बिहान बिहानको ११ः३० बजे नै बस्ने सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठकमा ज्येष्ठ नागरिकको जीवन सुरक्षित, गुणस्तरयुक्त र सम्मानित बनाउन थप विशेष व्यवस्था गर्नुपर्ने भन्ने विषयको जरुरी सार्वजनिक महत्त्वको प्रस्ताव सम्बन्धमा महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयसँग छलफल हुनेछ ।
प्रतिक्रिया