images

यस्तो छ आजको विदेशी मुद्रा विनिमय दर

काठमाडौं । नेपाल राष्ट्र बैंकलेआजकालागिविदेशी मुद्राको विनिमय दर तोकेको छ ।राष्ट्र बैंकका अनुसारबिहीबारअमेरिकी डलर एकको खरिद दर १३३ रुपैयाँ ३४ पैसा र  बिक्री दर १३३ रुपैयाँ ९४ पैसा कायम भएको छ । बुधबार खरिद दर १३३ रुपैयाँ ३२ पैसा र बिक्री दर १३३ रुपैयाँ ९२ पैसा रहेको थियो । 
त्यस्तै, आज युरो एकको खरिद दर १४३ रुपैयाँ ३० पैसा र बिक्री दर १४३ रुपैयाँ ९५ पैसा रहेको छ । बुधबार खरिद दर १४३ रुपैयाँ ५६ पैसा र बिक्री दर १४४ रुपैयाँ २१ पैसाले कारोबार भएको थियो । 
बेलायती पाउण्ड एकको खरिद दर १६६ रुपैयाँ ५६ पैसा र बिक्री दर १६७ रुपैयाँ ३१ पैसा रहेको छ । बुधबार खरिद दर १६७ रुपैयाँ २७ पैसा र बिक्री दर १६८ रुपैयाँ ०२ पैसा रहेको थियो । 
आज कतारी रियालको खरिद दर ३६ रुपैयाँ ५७ पैसा र बिक्री दर ३६ रुपैयाँ ७३ पैसाले कारोबार भैरहेको छ । 

बिहीबार २७ बैशाख २०८१ ०७:३६ PM मा प्रकाशित

प्रतिक्रिया