काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय कमिटीको बैठक मंगलबार बस्दैछ।
बिहान ८ बजे बोलाइएको बैठक पार्टी केन्द्रीयकार्यालय चःमतिमा बस्नेछ ।
बैठकमा निलम्बितमहामन्त्री डा. मुकुल ढकालमाथिको अनुशासनको कारबाहीबारे छलफल हुने बताइएको छ ।
पार्टीको अनुशासनआयोगले डा. ढकालमाथिको अनुशासनात्मक कारबाहीको प्रतिवेदन पार्टी सभापति रवि लामिछानेलाई बुझाइसकेको छ।
त्यसबारेसचिवालय बैठकमा छलफलहुनेछ ।
समीक्षायात्राको प्रतिवेदन मिडियामा चुहाएकोबारे गतअसार १४ गते पार्टीको अनुशासनआयोगले डा. ढकाललाई सात दिने स्पष्टीकरण सोधेको थियो । त्यो स्पष्टीकरणको जवाफ ढकालले पार्टी कार्यालयमादर्ता गराएको बताएका छन् ।
प्रतिक्रिया