images

दुई भारतीय चलचित्र ओस्कार अवार्डको सूचीमा समावेश

काठमाडौं । दुई भारतीय चलचित्र ९८ औं ओस्कार अवार्डको सूचीमा समावेश भएका छन् । ऋषभ शेट्टी निर्देशित ‘कान्ताराः ए लेजेन्ड च्याप्टर १’ र अनुपम खेर निर्देशित ‘तन्वी द ग्रेट’—९८ औँ ओस्कारका लागि योग्य ठहरिएका २०१ फिचर फिल्महरूको सूचीमा परेका हुन् ।यी चलचित्रहरूले एकेडेमीका सबै योग्यता मापदण्ड पूरा गरेका छन् । जसमा निश्चित समयावधिमा सिनेमाघरमा प्रदर्शन, गोप्य ‘आरएआईएसई’ फारम बुझाउने र चारमध्ये कम्तीमा दुई समावेशी मापदण्ड पूरा गर्नुपर्ने शर्तहरू समावेश छन् । प्रारम्भिक प्रदर्शनपछि ४५ दिनभित्र अमेरिकाका शीर्ष ५० बजारमध्ये कम्तीमा १० स्थानमा प्रदर्शन भएको हुनुपर्ने पनि आवश्यक थियो ।‘कान्ताराः च्याप्टर १’ होम्बाले फिल्म्सद्वारा निर्मित चलचित्र हो, जसले भारतको तामिलनाडु क्षेत्रमा प्रचलित दैव आराधनाको उत्पत्ति र चौथो शताब्दीको कदम्ब वंशकालसम्मको कथा प्रस्तुत गर्दछ ।
 

शनिबार २६ पुस २०८२ ०३:४५ PM मा प्रकाशित

प्रतिक्रिया