काठमाडौँ - पछिल्लो २४ घण्टामा थप ३० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य मन्त्रालयले १६ सय ३० जनाको नमुना परीक्षण गर्दा ३० जनामा कोरोना संक्रमण पुष्टि भएको जनाएको छ ।
बिहीबार ३१ जना कोरोना संक्रमित संक्रमणमुक्त भएका छन् भने सक्रिय संक्रिमतको संख्या १ सय २० रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट कसैको पनि मृत्यु भएको छैन ।