images

‘आधुनिकीकरणको चिनियाँ मार्गको अभ्यास’ विमोचन

नेपाली आँखाबाट ‘आधुनिकीकरणको चिनियाँ मार्गको अभ्यास’ नामक पुस्तक विमोचन भएको छ । काठमाडौ  एक कार्यक्रमकाबीच थ्रि एस मिडियाद्वारा प्रकाशित थ्रु नेपाली आइजः द प्राक्टिस अफ चाइनिज पथ टु मोडरनाइजेशन नामक पुस्तक विमोचन भएको हो । यो पुस्तक जनवादी गणतन्त्र चीनको चिनियाँ कम्युनिष्ट पार्टी,अन्तर्राष्ट्रिय विभागको निमन्त्रणामा नेपालका कला, संस्कृति, इतिहास र पत्रकारिता क्षेत्रमा लामो समयदेखि सक्रिय व्यक्तिहरुले गरेको ११ दिन लामो चीन भ्रमण सम्पन्न गर्दा चीनबाट बटुलेको अनुभवलाई पुस्तकमा उतारिएको छ । आधुनिकीकरणको यात्रामा प्रवेश गर्दै गरेको चीनको सुदूरपश्चिम–दक्षिणको सिचाङ प्रान्त हुँदै सुदूरपूर्व–दक्षिणको तिब्र गतिको आधुनिकीकरणको प्रक्रिया सम्पन्न भएको चच्याङ प्रान्तको यात्रा र वर्तमान आधुनिकीकरणको अनुभव पुस्तकमा समेटिएको छ । कार्यक्रममा बोल्दै प्रेस काउन्सिल नेपालका बोर्ड सदस्य ठाकुर बेलवासेले चिनियाँ नागरिक आधुनिक विकास र अनुसन्धानमा उत्कृष्ट रुपमा लागेको अनुभव गरेको बताउनु भयो । उहाँले छिमेकी देशले विश्व मानव विकास र कल्याण्का लागि गरेका कामहरु देखेर आफू भावुक बनेको बताउनु भयो । उहाँले विकासका लागि सरकारको चेत नै पहिलो शर्त रहेको अनुभव चीन भ्रमणबाट लिएको बताउनु भयो । कार्यक्रममा बोल्दै योहो टेलिभिजनका समाचार प्रमुख तथा कार्यक्रम सञ्चालक जीवराम भण्डारीले आफूले देखेको कुरा हेर्दा नयाँ अनुभव गर्न पाएको बताउनु भयो । उहाँले चिनियाँहरु नेपालीहरुको बारेमा धेरै नै सकारात्मक रहेको र नेपाली समाजलाई धेरै चासोका साथ लिने गरेको पाएको बताउनु भयो । नेपाल टेलिभिजनका महाप्रवन्धक फूलमान बल तामाङले आधुनीकिकरणको चिनियाँ मोडेलबारे नेपालले पनि धेरै कुरा सिक्न आवश्यक रहेको बताउनु भयो । उहाँले चीनको सय वर्षे इतिहास गौरवशाली रहेको बताउँदै शास्त्रीय समाजवादी आर्थिक मोडेल मात्रै अपनाएको भए यो समृद्धि चीनका लागि सम्भव नरहेको बताउनु भयो । कार्यक्रममा बोल्दै अन्तर्राष्ट्रिय च्याम्बर अफ कमर्स, नेपालका अध्यक्ष राजेशकाजी श्रेष्ठले नेपाल र चीनबीचको सम्बन्ध सांस्कृतिक मात्र नभइ सामाजिक, आर्थिक र व्यवसायिक रहेको बताउनु भयो । उहाँले विकासको क्षेत्रमा चीनबाट नेपालले धेरै कुरा सिक्न आवश्यक रहेको बताउनु भयो । उहाँले चीन सामाजिक, आर्थिक, प्राविधिक क्षेत्रमा उच्च स्थानमा रहेको भन्दै हरेक क्षेत्रमा विकसित रहेको बताउनु भयो । चीनको विकास मोडेलबाट प्रभावित भएर नेपाल लगायतका विश्वका धेरे देशहरुले विकासको खाका कोरेको बताउनु भयो । उहाँले नेपाललाई चीनले विकासका साथै प्राविधिक क्षेत्र, सांस्कृतिक क्षेत्रमा पनि धेरै सहयोग गरिरहेको बताउनु भयो । कार्यक्रममा बोल्दै चीन मामिला विज्ञ हिरण्यलाल श्रेष्ठले चीनबाट नेपालले धेरै कुराहरुमा सहयोग प्राप्त गर्नसक्ने बताउनु भयो । उहाँले नेपालका लागि चीनको विकास धेरै नै आवश्यक रहेको बताउनु भयो । चीनसँग नेपालले  सांस्कृतिक, सामाजिक, आर्थिक, प्राविधिक र आधुनिकीकरणमा धेरै सहयोग माग्न सक्ने बताउनु भयो । चीनको आधुनिकीकरण र विकासले विश्वकै अर्थतन्त्रलाई परिवर्तन गरिदिएको उल्लेख गर्नुभयो । अग्रज कलाकार मदनदा। श्रेष्ठले नेपाल र चीनबीच परापूर्वकालेदेखि नै आपसी सम्बन्ध रहेको र चीनले नेपालको शान्ति, विकास र समुन्नतिका लागि उल्लेखनिय योगदान गरेको बताउनु भयो । 
कलाकार श्रेष्ठले पुस्तकमा चीनको विभिन्न शहरमा भ्रमण गरी नेपालीहरुले लिएको अनुभवलाई उतारिएको बताउनु भयो । भ्रमणमा पुगेका १८ जना कलाकार, पत्रकार, राजनीतिज्ञसहितले भ्रमणका क्रममा चीनको विकासलाई नजिकबाट नियाल्ने अनुभवका साथै चीनको समाजलाई बुझ्न् अवसर पाएको बताए ।

मङ्गलबार २९ जेठ २०८१ ०४:२१ PM मा प्रकाशित

प्रतिक्रिया