काठमाडौँ -काठमाडौं उपत्यकामा आजदेखि दुई हप्ताको लागि मेलम्चीको पानी वितरण रोकिने भएको छ । मर्मतका लागि मेलम्चीको पानी दुई हप्ताको लागि रोकिने भएको हो ।
हेलम्बु–१ स्थित आयोजनाको मुहान तथा हेडवक्र्समा केही उपकरण जडान तथा मर्मतसम्भार गर्नुपर्ने भएकाले दुई हप्ताका लागि पानी वितरण बन्द हुने मेलम्ची खानेपानी आयोजनाका सिनियर डिभिजनल इन्जिनियर पदमबहादुर कुँवरले जानकारी दिए ।