images

नेपालको समाजवाद समुदायमा आधारित हुन्छ स् प्रचण्ड


रुकुम । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले नेपालको समुदायमा आधारित समाजवाद आधारित हुने बताएका छन् ।चुनावी अभियानअन्तर्गत घरदैलो कार्यक्रमका क्रममा आइतबार पुथा उत्तरगंगा गाउँपालिका–१ मैकोट पुगेका उनले चीन र भियतनामको मोडल पढेर त्यसबाट शिक्षा लिने तर नेपालको समाजवाद नेपाली समुदायमा आधारित मौलिक खालको हुने बताएका हुन् ।उनले रुकुम पूर्वलाई समाजवादको उर्वर भूमि भएको उल्लेख गर्दै ‘नेपालको समुदायमा आधारित समाजवाद’ निर्माणको आधार यही क्षेत्र बन्ने उल्लेख गरे । ‘चीन र भियतनामको मोडल पढ्यौं, तर नेपालको समाजवाद नेपाली समुदायमा आधारित मौलिक खालको हुन्छ,’ उनले भने ।सम्बोधनका क्रममा उनले पछिल्लो समय जेनजी युवापुस्ताबाट देशको सहि नेतृत्व गर्न र आन्दोनमार्फत उठाएका माग सम्बोधन गर्नका लागि आफूलाई प्रधानमन्त्री बनाउनुपर्ने धारणा आइरहेको उल्लेख गरे ।उनले भने, ‘जेनजीका मुख्य नेताहरूले प्रचण्डलाई प्रधानमन्त्री बनाएको भए हुनेरहेछ भनेका छन् । त्यसको अर्थ म प्रधानमन्त्री बन्न खोजेको होइन, देश र जनताको चाहना बुझ्नुपर्छ भन्ने हो ।’

सोमबार ४ फागुन २०८२ ११:१४ AM मा प्रकाशित

प्रतिक्रिया