काठमाडौं । कपिलवस्तुको कृष्णनगर नगरपालिका(३ चैपुरवाबाट लागूऔषध खैरो हेरोइनसहित २ जनालाई प्रक्राउ गरेका छन् । आइतबार बिहान प्रहरीले लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १६० मिलिग्रामसहित २ जनालाई पक्राउ गरेको हो ।पक्राउ पर्नेहरूमा विजयनगर गाउँपालिका(४ बर्गदवा बस्ने ३७ वर्षीय मतिउल्ला मुसलमान र सोही गाउँपालिका(२ टाँडी बस्ने ३२ वर्षीय तुल बहादुर श्रीस रहेका छन् ।इलाका प्रहरी कार्यालय कृष्ण नगरबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनीहरूलाई उक्त पदार्थसहित फेला पारी पक्राउ गरेको हो ।यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
प्रतिक्रिया