images

उम्मेद्वार९प्रत्यक्ष०उज्यालो नेपाल पार्टी

श्रीराम गुरुङकाठमाडौं क्षेत्र नम्बर ५काठमाडौं ५ का लागि अनुभवी हुँ, क्षेत्रगत रुपमा जानकार छु, चुनाव जित्छु स् श्री गुरुङकाठमाडौं–५ मा उज्यालो नेपालका गुरुङको दाबी स् ‘परिणाममुखी राजनीति गर्छु’‘जिन्दगीभर रोजगारी र व्यवसायमा सक्रिय भए, अब राजनीतिमार्फत समाजसेवा गर्छु’काठमाडौं । उज्यालो नेपाल पार्टीका तर्फबाट काठमाडौं क्षेत्र नम्बर ५ बाट उम्मेदवार बनेका श्री गुरुङ९श्रीराम० चुनावी अभियानलाई तीव्र बनाइरहेका छन् । घरदैलो, भेटघाट र अन्तरक्रियामा सक्रिय देखिएका उनले मतदातासँग प्रत्यक्ष संवादलाई प्राथमिकतामा राखेका छन् ।नेपाल न्यूज बैंकसँगको कुराकानीमा गुरुङले पछिल्लो समय मतदाता देशको भविष्यप्रति चिन्तित देखिएको बताए । ‘घरदैलोमा जाँदा धेरै प्रश्न आउँछन् । देशको अवस्था, रोजगारी, आर्थिक भविष्यबारे चासो देखिन्छ । प्रश्नहरूको जवाफ दिँदा मतदातामा केही आशा पलाएको महसुस गरेको छु,’ उनले भने ।उनले विषम परिस्थितिमा हुन लागेको निर्वाचनलाई परिणाममुखी बनाउन आफू प्रतिबद्ध रहेको बताए । काठमाडौं–५ मा यसपटक प्रतिस्पर्धा रोचक देखिएको छ । गुरुङका प्रतिद्वन्द्वीहरूमा प्रदीप पौडेल ९नेपाली कांग्रेस०, ईश्वर पोखरेल ९नेपाल कम्युनिष्ट पार्टी एमाले० र कमल थापा ९राष्ट्रिय प्रजातन्त्र पार्टी० बाट प्रतिद्वन्द्वी छन् । यसअघि स्वतन्त्र उम्मेदवारका रूपमा प्रतिस्पर्धा गरिसकेका गुरुङ यसपटक पार्टीको औपचारिक साथसहित मैदानमा उत्रिएका छन् ।‘म सँग मेरै पुरानो प्रतिद्वन्द्वीहरू हुनुहुन्छ । कांग्रेसबाट प्रदीप पौडेल हुनुहुन्छ भने एमालेबाट ईश्वर पोखरेल तथा राप्रपाबाट कमल थापा प्रतिद्वन्द्वी हुनुहुन्छ । पहिला मैले स्वतन्त्र रुपमा चुनावमा प्रतिस्पर्धा गरेको थिए भने अहिले म उज्यालो नेपाल पार्टीबाट प्रतिस्पर्धामा छु । अहिले पार्टी छ, साथीभाइहरु धेरै भएका छन् । त्यसैले तयारीका साथ अगाडि बढेको छु । क्षेत्रगत रुपमा मलाई धेरै राम्रो जानकारी छ, अनुभव छ । त्यसैले यसपटक जित्नेमा ढुक्क छु,’ उनले भने ।गुरुङले आफ्नो मुख्य एजेण्डा रोजगारी सिर्जना र आर्थिक रूपान्तरणलाई बनाएका छन् । विकास निर्माणका पूर्वाधार महत्त्वपूर्ण भएपनि त्यसअघि रोजगारी र व्यवसायीलाई संरक्षण गर्ने नीति आवश्यक रहेको उनी बताउँछन् ।उनले भने, ‘पहिलो कुरा आफ्नो ऐजेण्डाहरुमा दत्तचित्त हुनुपर्यो । देश परिवर्तन गर्ने व्यक्तिलाई साथ दिनुपर्छ भनेर नै म पार्टीमा आवद्ध भएर चुनावमा होमिएको हुँ । विकास निर्माणको कुराहरु छँदैछन् । तर त्यो भन्दा अगाडि रोजगारी, व्यवसाय चाहियो । व्यवसायीहरुले राज्यले संरक्षण गर्नुपर्यो । देशलाई समृद्धि चाहियो, आर्थिक रुपान्तरण चाहियो । बढी राजनीतिक कुरा मात्रै गरेर हुँदैन । क्षेत्रगत रुपमा खासगरी रोजगारी र समृद्धिको कुरा हो । आर्थिक रुपान्तरणको कुरामा म दत्तचित्त छु, कटिवद्ध छु र म क्लियर छु ।’लामो व्यवसायिक अनुभव आफूलाई अन्य राजनीतिक प्रतिस्पर्धीभन्दा फरक बनाउने आधार भएको उनको तर्क छ । ‘मैले जीवनभर व्यवसाय र रोजगारीको क्षेत्रमा काम गरेको छु । रोजगारी नदिएका, व्यवसाय नगरेका नेताले रोजगारी दिने कुरा गर्दा जनतालाई भ्रममा पार्ने काम मात्रै हुन्छ,’ उनले टिप्पणी गर्दै भने ।पर्यटन क्षेत्रलाई आर्थिक रूपान्तरणको प्रमुख आधारका रूपमा प्रस्तुत गर्दै गुरुङले नीतिगत सुधारमार्फत ठूलो सम्भावना उजागर गर्न सकिने बताए । उनले नेपाल नागरिक उड्डयन प्राधिकरण ऐन र नेपाल पर्यटन ऐन संशोधनको आवश्यकता औंल्याए । वैदेशिक लगानी, प्रविधि र सहकार्यका लागि ‘ओपन डोर’ नीति अपनाए नेपालले वार्षिक ३५ लाख पर्यटक भित्र्याउन सक्ने उनको विश्वास छ ।उनले भने, ‘म त जिन्दगीभर रोजगारी र व्यवसायीको बारेमा बुझेको जानेको व्यक्ति हुँ । नीतिगत रुपमा राम्रो तरिकाले प्रतिनिधित्व गर्न पनि सक्छु । यदी सरकारमा गएभने पनि जस्टिफाई भूमिका निर्वाह गर्न सक्छु । पर्यटन क्षेत्रको कुरा गर्दा नागरिक उड्यन प्राधिकरण ऐनको संशोधन, नेपाल पर्यटन ऐनको संशोधन लगायतका विभिन्न ऐनहरु संशोधन, गर्नुपर्ने छ । त्यो ऐनहरुले हामीले संशोधन गर्ने वित्तिकै सहकार्य, वैदेशिक लगानी, प्रविधि लगायतका क्षेत्रहरुलाई ढोका खुला गर्नुपर्नेछ । त्यसले सम्भावना बढ्छ । यो देशमा ३५ लाख पर्यटक भित्र्याउने योजना नीतिगत रुपमा ढोका खोल्न त्यसमा लाग्ने छु ।’यसैगरी आफूले परिणाममुखी राजनीति गर्न चाहेको उनले बताए । ‘म परिणाममुखी राजनीति गर्न चाहन्छु । नीतिगत सुधारमार्फत रोजगारी सिर्जना, आर्थिक समृद्धि र अन्तर्राष्ट्रिय स्तरमा नेपालको प्रभावकारी प्रतिनिधित्व गर्ने लक्ष्य राखेको छु,’ गुरुङले भने ।लामो व्यवसायिक अनुभव रहेको दाबी गर्दै उनले आफूले रोजगारी सिर्जना गरेको र सामुदायिक संस्थाहरूसँग काम गरेको अनुभवका आधारमा नीतिगत तहमा प्रभावकारी भूमिका निर्वाह गर्न सक्ने बताए । सरकारमा जाने अवसर पाएँ भने न्यायोचित भूमिका निर्वाह गर्न सक्ने उनले उल्लेख गरे ।गुरुङले आफू परिणाममुखी राजनीति गर्ने प्रतिबद्धता व्यक्त गर्दै काठमाडौं–५ र देशका लागि उपयुक्त उम्मेदवार भएको दाबी गरेका छन् ।काठमाडौं–५ का मतदातासँग आशा र अपेक्षाको संवाद गर्दै गुरुङ यतिबेला आफूलाई ‘अनुभव, एजेण्डा र क्षमताको संयोजन’ का रूपमा प्रस्तुत गरिरहेका छन् । निर्वाचनको परिणामले मतदाताले उनको दाबीलाई कत्तिको स्वीकार गर्छन् भन्ने टुंगो लगाउनेछ ।

मङ्गलबार ५ फागुन २०८२ ११:२७ AM मा प्रकाशित

प्रतिक्रिया