काठमाडौं । भरत दाहाल नेतृत्वको त्रिमूल नेपाल पार्टीले भ्रष्टाचार देशको मुख्य समस्या रहेको बताउँदै भ्रष्टाचारीलाई मृत्यदण्डको सजायको व्यवस्था गरिनुपर्ने जनाएको छ । मंगलबार राजधानीमा चुनावी घोषणा पत्र सार्वजनिक गर्र्दै नेपाल विदेशीको प्रयोगसाला भएकोसमेत ठहर गरेको छ ।पार्टीका काठमाडौं क्षेत्र नम्बर २ का प्रत्यक्ष उम्मेदवार कृष्ण बहादर खत्री ९मिलन०ले घोषणा पत्र बाचान गर्दै त्रिमूल नेपालको महत्पूर्ण नीति, मुद्धा रणनीतिकरुपमा समाधान गर्नुपर्ने समस्याहरु गरेर २० बुँदे चुनावी प्रतिबद्धता सार्वजनिक गरेका छन् ।खत्रीले निशुल्क शिक्षा, स्वास्थ्यलगायतका विषयहरु संविधानमा उल्लेख भए पनि व्यवहारमा हदैसम्मको व्यापारिकरण र माफियाकरण भएको जनाएका छन् । वर्तमान संविधान नेपालीहरुले बनाएको भन्दा पनि विदेशीले थोपरेको हस्तक्षेपकारी दस्तावेज भएकोले त्यसलाई खारेज गरेर नयाँ व्यवस्था ल्याउनुपर्ने घोषणा पत्रमा उल्लेख छ ।काठमाडौं क्षेत्र नम्बर ५ का उम्मेदवार रामेश तामाङले पर्तमान संविधान विदेशीको योजनामा लेखिएकोले यसलाई संशोधन गर्नुपर्ने धारणा राखे । जनताका आधारभूत आवश्यकताको सुनिश्चित गर्न संविधानमा निःशुल्क भनिए पनि व्यवहारमा नरहेको बताए । समानुपातिक उम्मेदवार तेह्रथुमका गोविन्द इङनामले त्रिमुल पार्टीलाई व्यापक मतदान गर्न अनुरोध गर्दै, देशका सिमित व्यक्तिहरुका लागि मात्रै वर्तमान व्यवस्था आएको धारणा राखे ।ललितपुरबाट समानुपातिक उम्मेदवार रमिता आचार्यले देशको मुख्य दूष्मन भ्रष्टाचार भएको र त्यसको अन्त्यका लागि देशद्रोही र भ्रष्टहरुलाई मृत्युदण्ड सजायको व्यवस्था गर्न माग गरिन् । त्रिमुल पार्टीका केन्द्रीय सचिवालय सदस्य डुगेन्द्र भट्टराईले देशका कुनै पनि राजनीतिक दलहरु देश र जनताको पक्षमा नरहेको आरोप लगाउँदै सबै त्रिमूल पार्टीमा आबद्ध हुन अपिल गरे ।
प्रतिक्रिया