बाजुरा । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको लागि आवश्यक सामाग्री बाजुरा पुगेको छ । निर्वाचनको तयारीका लागि निर्वाचन आयोगले मतदानका लागि चाहिने आवश्यक सामग्री पठाएको हो ।बाजुरामा फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको तयारी तिव्र भइरहेको छ । आयोगले पठाएको निर्वाचन सामग्री जिल्लामा पुगेको जिल्ला निर्वाचन कार्यालय बाजुराका निर्वाचन अधिकारी भीमबहादुर शाहीले बताए ।केही सामग्री निर्वाचन आयोगले पठाएको र केही सामग्री निर्वाचन कार्यालयले खरिद गरेर मंगलबार बेलुकी कार्यालयमा पुगेको उनले जानकारी दिए ।निर्वाचनमा खटिने कर्मचारीलाई चाहिने आवश्यक सामग्री पुगेकाले निर्वाचनको तयारी लगभग अन्तिम चरणमा रहेको निर्वाचन कार्यालय बाजुराले जनाएको छ ।बाजुरामा एक स्वतन्त्र सहित ७ दलका व्यक्ति चुनावी मैदानमा छन् । विशेषगरी नेपाली कांग्रेस,नेकपा एमाले,नेपाली कम्युनिस्ट पार्टी ९नेकपा० र राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाबीच मुख्य भिडन्त हुने देखिएको छ । नेपाली कांग्रेसबाट जनकराज गिरी, एमालेबाट लाल बहादुर थापा, नेकपाबाट प्रकाश बहादुर शाह, रास्वपाबाट हेमराज थापा बीच मुख्य प्रतिष्प्रर्धा हुने देखिएको हो ।बाजुराका ७७ मतदानस्थलमा एक सय १८ मतदान केन्द्र रहेका छन् । तीमध्ये ६२ अतिसंवेदनशिल,१२ संवेदनशिल र अन्य सामान्य रहेका छन् । यहाँ ८७ हजार ८६१ मतदाता छन् । तीमध्ये महिला ४२ हजार ४३१, पुरुष ४२ हजार ४२८ र अन्य दुई जना रहेको जिल्ला निर्वाचन कार्यालय बाजुराले जनाएको छ ।
प्रतिक्रिया