images

उपराष्ट्रपतिका लागि एनडीएका उम्मेदवार बने महाराष्ट्रका राज्यपाल सीपी राधाकृष्णन

काठमाडौं  । भारतीय जनता पार्टी ९भाजपा० नेतृत्वको राष्ट्रिय लोकतान्त्रिक गठबन्धन ९एनडीए० ले भारतको आगामी उपराष्ट्रपति पदका लागि सीपी राधाकृष्णनलाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।हाल महाराष्ट्रका राज्यपालको जिम्मेवारीमा रहेका राधाकृष्णनलाई उपराष्ट्रपति पदका लागि एनडीएको तर्फबाट आधिकारिक उम्मेदवार घोषणा गरिएको हो ।उक्त निर्णय सत्तारुढ गठबन्धनले प्रधानमन्त्री नरेन्द्र मोदीको उपस्थितिमा बसेको संसदीय बोर्डको बैठकमार्फत सर्वसम्मत रुपमा गरेको भारतीय जनता पार्टीका अध्यक्ष तथा केन्द्रीय मन्त्री जेपी नड्डाले जानकारी दिएका छन् ।प्रेस सम्मेलनमार्फत जानकारी दिँदै नड्डाले राधाकृष्णनको दीर्घ राजनीतिक अनुभव र राष्ट्रप्रति समर्पणलाई ध्यानमा राख्दै उनी उपराष्ट्रपति पदका लागि उपयुक्त उम्मेदवार हुने विश्वास व्यक्त गरे ।राधाकृष्णन दक्षिण भारतीय राज्य तमिलनाडुबाट राजनीतिमा सक्रिय रहँदै आएका नेता हुन् । उनी भाजपा संगठनसँग लामो समयदेखि आवद्ध रहँदै आएका छन् र अघिल्लो कार्यकालमा सांसदको भूमिका समेत निर्वाह गरिसकेका छन् ।भारतमा उपराष्ट्रपति चुनावको मिति तय भइसकेको छैन तर आगामी केही हप्ताभित्र चुनाव प्रक्रिया सुरु हुने अनुमान गरिएको छ ।

सोमबार २ भदौ २०८२ ०२:४९ PM मा प्रकाशित

प्रतिक्रिया