images

बालिका बलात्कारको आरोपमा सार्की पक्राउ

सुर्खेत । जवरजस्तीकरणीबाट बालिका गर्भवती बनाएको आरोपमा कालिकोटमा एक जना पक्राउ परेका छन् । रास्कोट नगरपालिका–१ की बालिका १३ बर्षिया बालिका बलात्कारको आरोपमा प्रहरीले स्थानीय एक जनालाई पक्राउ गरेको जनाएको छ ।साथीलाई भेट्न उनकै घरमा गएको समयमा साथीको बुवाबाट बलात्कार भएको भन्दै १३ वर्षीया किशोरीले प्रहरीमा उजुरी दिएकी थिइन ।बलात्कारमा परेकी बालिकाको महिनावारी रोकिए पछि फुपूले सोधी खोजी गर्दा बालिकाले आफू बलात्कारमा परेको बताएकी थिइन् । त्यसपछि उक्त घटना प्रहरीकोमा पुगेको हो । गत माघ १४ गते साथीको घरमा बसेकी बालिकालाई साथीको बुबाले आफूलाई बलात्कार गरेको ती बालिकाले बताएकी छन् ।रास्कोट–१ का ५३ वर्षीय बलबहादुर सार्कीले आफूलाई बलात्कार गरेको बालिकाको आरोप छ । ‘साथीको घरमा गएको बेला साथीसँगै सुतिरहेको अवस्थामा साथीको बुवाले जवरजस्तीकरणी गरे,’ उनले जाहेरीमा उल्लेख गरेकी छन्, ‘माघ १३ गते राती र १४ गते बिहान बलात्कार गरी घटना कसलाई नभन्न र भने पछि मारिदिने धम्की दिए ।’घर बाहिर निस्केर ५०० रुपैयाँ पनि अभियुक्तले दिएको ती बालिकाको जाहेरीमा उल्लेख छ ।गत माघ १३ गते छोरीसँग घरमा आएकी छोरीकी साथीलाई ललाइफकाइ बलात्कार गरेर गर्भवती बनाएको जाहेरी परेपछि सार्कीलाई पक्राउ गरी अनुसन्धान थालिएको जिल्ला कार्यालय कालिकोटका प्रहरी प्रमुख डिएसपी हिमबहादुर खत्रीले जानकारी दिए ।

बिहीबार ५ चैत २०८२ १०:२५ AM मा प्रकाशित

प्रतिक्रिया