images

रामेछापको रजगाउँमा करेन्ट लागेर एक युवकको मृत्यु

रामेछाप । रामेछापको खाँडोदेवी गाउँपालिकामा करेण्ट लागेर एक युवकको मृत्यु भएको छ ।  शनिवार साँझ खाँडादेवी गाउँपालिका–४ को रजगाउँ स्थित तामाकोशीको बगरमा टिपरमा बालुवा लोड गर्ने क्रममा करेन्ट लाग्दा रामेछापकै लिखु तामाकोशी गाउँपालिका–५ का अन्दाजी २२ वर्षीय मणिराज तामाङको ज्यान गएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय रामेछापका प्रवक्ता विश्वनाथ यादवका अनुसार करेन्ट लागेर तामाङको घटनास्थलमा नै ज्यान गएको थियो । ‘टिपरमा बालुवा लोड गर्ने क्रममा करेन्ट लागेर उनको मृत्यु भएको हो, मृतकको शव पोस्टमार्टम लागि मन्थली अस्पतालमा राखिएको छ’, यादवले भने ।


 

आइतबार​ ७ बैशाख २०८२ १०:४७ AM मा प्रकाशित

प्रतिक्रिया