images

रामेछापको मन्थली–१४ कांग्रेस इकाइले १५औँ महाधिवेशनका गतिविधिमा सहभागी नहुने घोषणा

रामेछाप, भदौ ५ । रामेछाप जिल्ला मन्थली नगरपालिका–१४ स्थित नेपाली कांग्रेसको वडा इकाइले पार्टीको १५औँ महाधिवेशनको सन्दर्भमा केन्द्रमा देखिएको आन्तरिक विवाद समाधान नभएसम्म महाधिवेशनसँग सम्बन्धित गतिविधिमा सहभागी नहुने जनाएको छ।
मन्थली–१४ कांग्रेस इकाइ परिवारले जारी गरेको सूचनामा पार्टीका केन्द्रीय नेताहरूबीच देखिएको आन्तरिक विवादका कारण केन्द्रमा स्थिति नमिलेको भन्दै यस्तो निर्णय गरिएको उल्लेख छ।
इकाइको निर्णयअनुसार पार्टीको आन्तरिक एकता र स्पष्ट निर्णय नभएसम्म वडा नं. १४ नेपाली कांग्रेसले कुनै पनि सार्वजनिक सभा, सम्मेलन, भेला वा कार्यक्रमहरूमा सहभागी नहुने जनाएको छ।
वडा इकाइले आफ्ना प्रतिनिधि तथा सम्बन्धित पक्षलाई निर्णयबारे जानकारी गराउँदै पार्टीभित्रको विवाद समाधान र स्पष्ट निर्णयपछि मात्रै आगामी गतिविधिबारे अघि बढ्ने संकेत गरेको छ।

आइतबार​ ४ असोज २०८३ ०५:४९ PM मा प्रकाशित

प्रतिक्रिया