images

धनुषामा १५८ जनाको मनोयन दर्ता

जनकपुर । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि धनुषाका चारवटै निर्वाचन क्षेत्रमा १ सय ५८ जनाले मनोयन दर्ता गराएका छन् ।प्रदेश निर्वाचन अधिकृतको कार्यालयले जारी गरेको विवरणअनुसार धनुषा निर्वाचन क्षेत्र नम्बर धनुषा–१ मा ४२ जनाले उम्मेदवारी दर्ता गराएका छन् । त्यस्तै, धनुषा–२ मा ३४ जना उम्मेदवारले मनोनयन दर्ता गराएका छन् भने ३ मा ४५ जनाले उम्मेदवारी दर्ता गराएका छन् । धनुषा–४ मा भने ३७ जनाले उम्मेदवारी दर्ता गराएका छन् ।उम्मेदवारी दर्ता गराउनेहरुमा विभिन्न ठूला पार्टीका शिर्ष नेताहरुका साथै नयाँ उम्मेदवारहरुको संख्या पनि उत्तिकै देखिएको छ । क्षेत्र नं। ३ मा सबै भन्दा बढी प्रतिस्पर्धा हुने देखिएको छ । यहाँ नेपाली कांग्रेसका नेता बिमलेन्द्र निधि, नेकपा एमालेका जुली महासेठ र रास्वपाका मनिस झाले मनोनयन दर्ता गराएका छन् । यी तीनै जनाबीच मुख्य प्रतिस्पर्धा हुने आंकलन गरिएको छ ।

 

बुधबार ७ माघ २०८२ १०:३४ AM मा प्रकाशित

प्रतिक्रिया