images

जापानका नेपालीले पनि मनाए भाइटीका 

ओसाका, जापान । नेपालीहरूको दोस्रो ठुलो चाड भाइटीका जापानका  विभिन्न शहरहरुमा बसोबास गर्ने नेपालीहरूले हर्षोल्लासका साथ मनाएका छन्। विसं २०८२ को यमपञ्चकको पाँचौँ दिन परेको भाइटीका यहाँ अक्टोबर २३, कर्तिक ६ गते बिहीबारका दिन मनाइएको हो। 

अधिकांश नेपाली समुदायले नेपालको शुभसाइतलाई नै आधार मानेर टीका लगाए पनि कामको तालिका र लामो दूरीका कारण कतिपयले साँझदेखि रातिसम्म पनि टीका लगाएका बताएका छन। जापानमा जन्मिएका किशोरकिशोरी र बालबालिकाहरूले यो पर्वमा निकै रमाइलो गरे, दाजुभाइले खाम र खुला रूपमा जापानि यन दिँदा उनीहरू दङ्ग परेका थिए।

 
जापान आएको १२ वर्ष हुन लाग्यो हरेक वर्षको तिहारमा मेरो निधार खाली नै रहन्छु, हाल ओसाकामा व्यवसाय गर्दै आएका समुन्द्र पौडेलले तीतो अनुभव सुनाए। भाइटीकाको दिन दिदीबहिनीहरुको यादले सताउने उनले सुनाए। कतिपयले बेलुका कामबाट निस्केर दिदीबहिनी भएको स्थानमा गएर टीका लगाएको र देउसी भैलोमा प्राप्त गरेको दक्षिणासहितका दृष्य सामाजिक सञ्जालमा अपलोड गरेका छन्।

जापानमा पेशा, व्यवसाय,अध्ययन लगाएत विभिन्न शिलशिलामा रहेका जापानवासी नेपालीले फूल, संगित, उज्यालो र रंगहरुको रमाईलो पर्व तिहार मनाएका हुन । दिदीबहिनीले दाजुभाइलाई टीका लगाएपछि दाजुभाइले पनि दिदीबहिनीलाई टीका लगाउने गरिन्छ । दिदीबहिनीले दाजुभाईलाई पूजा गर्नाले सौभाग्य र ऐश्वर्य प्राप्त हुने शास्त्रीय मान्यता रहेको छ । सोह मान्यतानुसार आफनो पविार दिदीवहिनी नेपालमैं छोडे पनि आफ्नो संस्कार छोड्न भने सकेको छैन । जापानका विभिन्न भागमा बसोबास गर्ने नेपालीहरुले जमघटगरी देउसी भैलो खेलेर पनि तिहार मनाएका छन्। हाल जापानमा नेपालीहरुको जनसंख्या करिब २ लाख ७० हजार रहेको पाईन्छ । 


 


 

शुक्रबार​ ७ कात्तिक २०८२ ११:०२ AM मा प्रकाशित

प्रतिक्रिया