images

नेपाल पत्रकार महासंघ जापान शाखाको छैटौँ अधिवेशन सम्पन्न, रबिन्द्र श्रेष्ठ “गोर्खाली” अध्यक्षमा निर्वाचित

टोकियो । नेपाल पत्रकार महासंघ जापान शाखाको छैटौँ अधिवेशन आइतबार टोकियोमा सम्पन्न भएको छ। अधिवेशनले आगामी तीन वर्षे कार्यकालका लागि  रबिन्द्र श्रेष्ठ “गोर्खाली” लाई अध्यक्षमा निर्वाचित गरेको छ।

जम्मा ८६ सदस्य रहेको शाखाको निर्वाचनमा ७७ मत खसेको थियो। अध्यक्ष पदमा श्रेष्ठले ४४ मत प्राप्त गर्दै विजयी बनेका छन् भने उनका प्रतिस्पर्धी तथा निवर्तमान सचिव राजन गौतमले ३२ मत प्राप्त गरेका थिए। श्रेष्ठ यसअघि उपाध्यक्षको जिम्मेवारीमा थिए। 
खुला उपाध्यक्ष पदमा मनिषा चम्लागाईं  ३० मतसहित विजयी भइन्। उनले गोकर्ण अधिकारी २८ मतलाई दुई मतले पराजित गरिन्। सोही पदका अर्को प्रतिस्पर्धी विनोद सापकोटाले १९ मत पाएका थिए। महिला उपाध्यक्ष पदमा लक्ष्मी पौडेल ४५ मतसहित निर्वाचित भइन् भने प्रतिस्पर्धी सजिना मोक्तानले ३२ मत प्राप्त गरिन्।  सचिव पदमा अर्जुन लामिछाने ४५ मतसहित विजयी भए भने विश्वास आचार्यले ३२ मत प्राप्त गरे।

अन्य सबै पद सर्वसम्मतरूपमा चयन भएका छन्। सहसचिवहरु  विष्णुप्रसाद सापकोटा, फुर्वा शेर्पा, कोषाध्यक्ष भुलबहादुर राना ‘निशान’ र सदस्यहरू रामचन्द्र गिरी, दिनेश थापा, दुर्गाप्रसाद आचार्य, भवानी भट्ट, भुवन भण्डारी,  विनोद ढकाल रहनु भएको छ । अधिवेशन सफलतापूर्वक सम्पन्न गर्दै नयाँ कार्यसमितिले आगामी कार्यकालमा संगठनलाई अझ सक्रिय बनाउँदै अगाडि बढाउने प्रतिबद्धता व्यक्त गरेको छ।

सोमबार ८ मंसिर २०८२ ०८:१९ AM मा प्रकाशित

प्रतिक्रिया