ब्लु ब्वाइज युनियन ओसाका जापानले मिति यहि २४ तारिक आईतबार विविध कार्यक्रम सहित आफ्नो प्रथम वार्षिकोत्सव सम्पन्न गरेको छ। उक्त वार्षिकोत्सव कार्यक्रममा प्रमुख अथितिको रुपमा कान्साईका पुर्व संयोजक तथा समाजसेवी नरेन्द्र बस्नेत दिनेश, विशिष्ट अतिथिमा एनआरएनए जापान कान्साईका उपसंयोजक शंकर भुसाल लगाएत अन्य विभिन्न सामाजिक संघसंस्थाका व्यक्तिहरुको पनि उपस्थित रहेको थियो।
कार्यक्रममामा विभिन्न किसिमका नृत्य प्रस्तुति , आर्थिक दाताहरुलाई सम्मान कार्यक्रम , नयाँ सदस्यहरुको प्रवेश तथा स्वागत कार्यक्रम साथै संस्थाको वार्षिक प्रगति र आर्थिक प्रगति प्रतिवेदन पनि प्रस्तुत गरिएको संस्थाका सचिव प्रदिप खड्काले जानाकारी दिनुभयो।
उपस्थित प्रमुख अथिति तथा विशिष्ट अथितिहरुले कार्यक्रममा आफ्ना विचार राख्दै संस्था स्थापना भएको छोटो अवधिमै विभिन्न किसिमका कामहरु गर्दै जापानमा रहेका विद्यार्थी तथा अन्य वर्गहरुलाई समेटेर विभिन्न जानाकारीमुलक कार्यक्रमका साथ नेपाली मन्दिर सरसफाई कार्यक्रम, रक्तदान कार्यक्रम,शैक्षिक अभिमुखिकरण कार्यक्रम ,आर्थिक सहयोग लगाएत अन्य काम र संस्थाको कार्यशैलीले जापानमा रहेका अन्य सामाजिक संघसंस्थाहरु भन्दा फरक र पृथक शैलीबाट अघि बढिरहेको कुरा व्यक्त गर्दै शुभकामना पनि दिनुभएको थियो।
कार्यक्रमको समापन गर्दै संस्थाका अध्यक्ष वासुदेव लामिछानेले संस्थालाई आन्तरिक रुपमा बलियो बनाउँदै आगामी दिनमा कान्साईमा रहेका विभिन्न सामाजिक संघसंस्थाहरुसँग सहकार्य गर्दै जापानमा रहेका नेपालीहरुलाई लक्षित गरेर अघि बढ्ने पनि लामिछानेले बताउनु भयो।
प्रतिक्रिया