images

नेपाल–भारतको मित्रता प्रगाढ बनाउन विहार तयार स् मन्त्री गुप्ता

जनकपुर । भारतको विहार राज्यका क्याविनेट मन्त्री केदार प्रसाद गुप्ताले नेपाल र भारतबीचको सम्बन्धलाई थप प्रगाढ बनाउन विहार सरकार सदैव तत्पर रहेको बताएका छन् ।शनिबार धनुषा आयोजित जनकपुरधाम नगर समिति र युवा समितिका नव निर्वाचित पदाधिकारी तथा सदस्यहरुको शपथ ग्रहण तथा सम्मान कार्यक्रममा बोल्दै मन्त्री गुप्ताले नेपालको विकासका लागि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी सदैव सकारात्मक रहेको बताए । उनले विहारका मुख्यमन्त्री नितीस कुमारले पनि नेपालको विकासका लागि यहाँका नेताहरुसंग निरन्तर वार्ता गर्ने गरेको जानकारी दिए । उनले समाजको आर्थिक, राजनितिक, समाजिक र शैक्षिक उत्थानका लागि सबै जना संगठित हुनु आजको आवश्यकता रहेको उल्लेख गर्दै उनले सम्पूर्ण जातजाती, भाषा भाषीलाई एकजुट भएर विकासोन्मुख राष्ट्र निर्माणमा लाग्न आग्रह गरे । उनले नेपाल र भारतको विकास एक अर्काविना सम्भव नहुने जनाउँदै दुवै देशका सरकारलाई समन्वय गरेर अगाडि बढ्नुपर्ने धारणा व्यक्त गरे ।मन्त्री गुप्ताले नेपाल अहिले पनि संसारमै एक मात्र हिन्दू राष्ट्र भनेर चिनिने गरेको बताए । उनले नेपालको यस पवित्र भूमिमा आफू आएकोमा गर्व महसुस गरेको उल्लेख गरे ।
 

शनिबार १३ बैशाख २०८२ ०७:४६ PM मा प्रकाशित

प्रतिक्रिया