images

यस्तो छ, आजको विदेशी मुद्राको विनिमय दर 

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजकालागि विदेशी मुद्राको विनिमय दर सार्वजनिकगरेको छ ।
राष्ट्र बैंकका अनुसारआज अमेरिकी डलरएकको खरिद दर १३३ रुपैयाँ २० पैसा रहेको छ भने बिक्री दर १३३ रुपैयाँ ८० पैसा रहेको छ । मंगलबार अमेरिकी डलरको खरिद दर १३३ रुपैयाँ २४ पैसा र बिक्री दर १३३ रुपैयाँ ८४ पैसामा कारोबार भएको थियो । 
यस्तै,युरो एककोखरिद दर १४२ रुपैयाँ ७२ पैसा र बिक्री दर १४३ रुपैयाँ ३७ पैसा रहेको छ । मंगलबार युरोको खरिद दर १४२ रुपैयाँ ९५ पैसा र बिक्री दर १४३ रुपैयाँ ५९ पैसा रहेको थियो । 
आज, बेलायती पाउण्ड एकको खरिद दर १६९ रुपैयाँ रहेको छ । यस्तै पाउण्डको बिक्री दर भने १६९ रुपैयाँ ७७ पैसा पुगेको छ  । मंगलबार पाउण्ड एकको खरिद दर १६८ रुपैयाँ ७१ पैसा र बिक्री दर १६९ रुपैयाँ ४७ पैसामा कारोबार भएको थियो ।
त्यस्तै, आज अस्ट्रेलियन डलर एकको खरिद दर ८८ रुपैयाँ ५९ पैसा रहेको छ भने बिक्री दर ८८ रुपैयाँ ९९ पैसा रहेको छ । 
आज कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ५४ पैसा र बिक्री दर ३६ रुपैयाँ ७० पैसामाकारोबार भैरहेको छ । 
 

बुधबार १३ असार २०८१ १०:३२ AM मा प्रकाशित

प्रतिक्रिया