सिन्धुली जिल्लाका विशेषज्ञ सेवा सहितको एक सय बेडको अस्पताल सुरु भएको छ । एक सय बेडको अस्पताल भवनको वाग्मती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाले एक कार्यक्रमका बिच उद्घाटन गरे ।भवन उद्घाटन कार्यक्रममा प्रदेश सरकारका स्वास्थ्य सचिव डा सुमित्रा गौतम लगायतका अधिकारीहरू, राजनीतिक दलका नेताहरू, स्थानीय जनप्रतिनिधि, स्वास्थ्यकर्मी तथा सर्वसाधारणको उपस्थिति रहेको थियो ।अस्पताल भवन उद्घाटन गर्दै मुख्यमन्त्री बानियाले वाग्मती प्रदेश सरकारले नागरिकको स्वास्थ्यलाई पहिलो प्राथमिकतामा राखेर काम गरिरहेको बताए । बानियाले स्वास्थ्य क्षेत्रलाई प्रदेश सरकारको प्रमुख एजेन्डाका रूपमा अघि बढाइएको बताउँदै नागरिकले सहज, गुणस्तरीय र सुलभ स्वास्थ्य सेवा पाउनुपर्ने प्रदेश सरकारको दृढ प्रतिबद्धता रहेको उल्लेख गरे ।कार्यक्रममा वाग्मती प्रदेशका स्वास्थ्य मन्त्री किरण थापा मगरले आफूले मन्त्रालय सम्हालेपछि अस्पताल, स्वास्थ्य चौकी, आधारभूत स्वास्थ्य केन्द्रको स्तरोन्नति, उपकरणको व्यवस्था र जनशक्ति व्यवस्थापनलाई प्राथमिकतामा राखेर काम गरेको बताए । ग्रामीण क्षेत्रका नागरिकलाई उपचारका लागि टाढा जानु नपर्ने अवस्था सिर्जना गर्ने लक्ष्यसहित स्वास्थ्य पूर्वाधार बिस्तारको काम भइरहेको उनले जनकारी दिए ।
प्रतिक्रिया