images

एनआइएचएसको एक दिने निशुल्क स्वास्थ्य शिविर सम्पन्न

काठमाडौं । नेपाल इन्टरनेशनल हेल्थ सर्भिस ९एनआइएचएस०को एक दिने निशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ ।शनिबार वसन्तपुर डबलीमा सुरु भएको स्वास्थ्य शिविरमा ४ –५जना डाक्टरहरु द्वारा सम्बन्धित ओपिडीको निशुल्क स्वास्थ्य जाँच गराएको एनआइएचएसका संस्थापक अध्यक्ष रुप नारायण साहले जानकारी दिए ।उनले भने,‘क्यानसर विशेषज्ञ, अर्थोपेडिक, ग्याष्ट्रोलोजिष्ट लगायत ४ –५जना डाक्टरहरुद्वार ओपिडीको निशुल्क स्वास्थ्य जाँच हामीले गरेको छौं ।’ त्यस्तै उनले शिविरमा विशेष छुटको व्यवस्था गरेको बताउँदै उनले विभिन्न रोग विशेषज्ञहरुसँग रोगसम्बन्धी परामर्श दिएको पनि बताए ।‘शिविरमा हामीले विशेष छुटकासाथ सेवा दिने प्रयास गरेका छौं । विशेषज्ञ डाक्टरहरुसँग शिुल्क परामर्श लिन सकिने व्यवस्था पनि गर्यौ । रगत जाँचमा पनि ५० प्रतिशत छुट दिएका थियौं ।’उनले भनेउनले जनमानसमा रोगसम्बन्धी जनचेतना फैलाने, रोग पत्ता लगाउन र विषेशगरी आम जनताको स्वास्थ्यमा सुधार ल्याउनका लागि शिविर आयोजना गरेको जानकारी दिए । साथै जनतालाई सजिलो र सवल स्वास्थ्य सेवा दिने आफूहरुको उद्देश्य रहेको उनले बताए ।त्यस्तै शिविरमा स्वास्थ्य जाँचका लागि पुगेकी सुशिला राउतले शिविरमा राम्रो स्वास्थ्यजाँचको व्यवस्था रहेको भन्दै शिविर आयोजना गरेकोमा धन्यवाद दिइन् । गर्नुभएकोमा ‘यहाँ डाक्टरहरु पनि राम्रो हुनुहुँदो रहेछ । जाँच पनि राम्रो तरिकाले गर्नुहुुदोरहेछ । यस्तो निशुल्क शिविर आयोजना गर्नुभएकोमा धन्यवाद दिन चाहान्छु ।’उनले भनिन्

शनिबार १२ पुस २०८२ ०३:१५ PM मा प्रकाशित

प्रतिक्रिया