images

मनहरीमा एमाले सशक्त बन्दै

हेटौंडा । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनको तयारीसँगै मकवानपुरको मनहरी गाउँपालिकामा राजनीतिक गतिविधि तीव्र बनेको छ। नेकपा एमाले मनहरी गाउँपालिका कमिटीको विस्तारित बैठकका क्रममा नेकपा ९एकीकृत समाजवादी० का पालिका उपाध्यक्षसहितका प्रभावशाली नेताहरू एमालेमा प्रवेश गरेका छन्।एमालेबाट प्रतिनिधि सभा सदस्यका उम्मेदवार महेश कुमार बर्तौलाले नेकपा ९एकीकृत समाजवादी० मनहरी गाउँपालिका उपाध्यक्ष रामबहादुर दर्जी, अनेमसंघ समाजवादीकी अध्यक्ष बुद्धिमाया तामाङलगायत नेताहरूलाई पार्टीमा स्वागत गरेका हुन्।पार्टी प्रवेश कार्यक्रममा बोल्दै उपाध्यक्ष दर्जीले एमालेमा पुनः फर्किन पाउँदा आफ्नै घरमा फर्किएको अनुभूति भएको उल्लेख गर्दै अब सम्पूर्ण शक्ति एमालेको विजयका लागि केन्द्रित गर्ने प्रतिबद्धता व्यक्त गरे।अघिल्लो निर्वाचनमा बर्तौलाको विपक्षमा रहेर विरोध खतिवडाको चुनावी कमान्ड सम्हालेका संविधान सभा सदस्य राजाराम स्याङ्तान यसपटक भने बर्तौलाको मुख्य चुनावी कमान्डरका रूपमा मैदानमा उत्रिएका छन्। बैठकलाई सम्बोधन गर्दै स्याङ्तानले विगतमा आफूलाई संविधान सभा सदस्य बन्न सहयोग गर्ने बर्तौलालाई यसपटक मनैदेखि साथ दिन निर्वाचन परिचालन कमिटीको सह–संयोजकको जिम्मेवारी लिएको जानकारी दिए।कार्यक्रममा मनहरी गाउँपालिकाका पूर्व अध्यक्ष एकाराज उप्रेतीले मनहरीको दीर्घकालीन समस्या बनेको मध्यवर्ती क्षेत्रको विषय समाधान गर्न महेश बर्तौलाको विकल्प नभएको धारणा व्यक्त गरे।उम्मेदवार बर्तौलाले आफ्नो ३२ महिनाको कार्यकालको समीक्षा गर्दै जनताले पाँच वर्षका लागि पठाए पनि परिस्थितिवश ३२ महिना मात्र काम गर्न पाएको उल्लेख गरे। बाँकी कार्यकालमा अधुरा काम पूरा गर्ने प्रतिबद्धता जनाउँदै उनले भूमिहीन तथा अव्यवस्थित बसोबासको समस्या समाधान र मध्यवर्ती क्षेत्रको कानुनी जटिलता फुकाउन नीतिगत तहमा काम सुरु भइसकेको बताए।बैठकले फागुन २१ गते हुने निर्वाचनका लागि मनहरी गाउँपालिकामा एमाले संगठनलाई पूर्ण रूपमा परिचालन गर्ने निर्णयसमेत गरेको छ।कार्यक्रममा एमालेकी केन्द्रीय सदस्य भारती पाठक, जिल्ला कमिटी सदस्यहरू बिरेन्द्र डिसी, लक्ष्मण उप्रेती, कृष्ण लामिछाने, शिवकुमार रिजाल, गीता प्रजा, बर्तौलाका चुनावी फोकल व्यक्ति आशिष अस्लामी, विद्यार्थी नेता प्रभाष घिमिरेलगायतको उपस्थिति रहेको थियो।

बुधबार १४ माघ २०८२ १०:३५ AM मा प्रकाशित

प्रतिक्रिया