ओसाका, जापान । जापानको ह्योगो प्रिफेक्चरमा नेपाली समाज हिमेजीले पहिलो हिमेजी कप २०२५, फुटसल टुर्नामेन्ट प्रतियोगीताको आयोजना गरेको छ । नेपाली समाज हिमेजी संस्कृतीक एकता र खेलकुद प्रबर्धनका लागि भन्ने मुल नाराका साथ आयोजना हुन लागेको आयोजक टोलीका संयोजक मिलन गिरीले जानकारी दिनु भयो । उक्त टुर्नामेन्ट करिब २५ वटा नेपाली फुटबल क्लबले सहभागिता जनाउने गिरीले जानकारी दिनु भयो ।
प्रथम पुरस्कार चार लाख पचास हजार जापानीयन रहेको छ, भने उपविजेताले २ लाख जापानीयन हात पार्नेछन तेसैगरी तेस्रो हुने टिमले एक लाख जापानियन र चौंथो हुने समुहले ५० हजार जापानीयन साथै बेस्ट प्लेयर, बेस्ट किपर, बेस्ट डिफेन्डर, हाइस्कोरर खेलाडीहरुको लागि नगद ५ हजार जापानी यन तथा ट्रफी लगाएतका आकर्षक पुरस्कार रहेको बताईएको छ ।
प्रतियोगितामा जापानमा रहेका क्रियाशिल नेपाली फुटसल क्लबहरुले सहभागिता जनाउने बताइएको छ । नेपाली समाज हिमेजीको आयोजनामा हुन लागेको उक्त प्रतियोगीताबाट आम्दानी भएको केही अंश रकम समाजिक कार्यमा खर्च गरिने संयोजक गिरीले जानकारी दिनु भयो ।
प्रतिक्रिया