images

अरुणिमा मा.विमा नवप्रवर्तन प्रदर्शनी २०८१ सम्पन्न, दुई हजार भन्दा बढीबाट अवलोकन

पुष १७, काठमाडौं । अरुणिमा शैक्षिक प्रतिष्ठानद्वारा सञ्चालित अरुणिमा मा.वि.प्राङ्गणमा अन्तरविषयक अरुणिमा नवप्रवर्तन प्रदर्शनी २०८१ सम्पन्न गरिएको छ ।  विद्यार्थीहरूमा नवप्रवर्तनात्मक ज्ञान, सीप तथा क्षमताको अभिवृद्धि गर्ने उद्देश्य राखी आयोजना गरिएको उक्त प्रदर्शनीको अध्यक्षता प्रतिष्ठान सञ्चालक समिति सदस्य श्री शम्भुप्रसाद बडाल र उद्घाटन संरक्षक श्री बुद्धिबहादुर थापाले गर्नुभएको थियो । प्रदर्शनी अवलोकन गर्न उपस्थित विद्यार्थी, अभिभावकलगायत सम्पूर्ण अतिथिज्यूहरूलाई प्रिन्सिपल श्री बुद्धि प्रसाद रेग्मीले स्वागत गर्नुभएको थियो । कक्षा १ देखि १२ सम्मका विद्यार्थीहरूले पाठ्यक््रmममा आधारित भई किफायती एवं वातावरणमैत्री स्थानीय सामग्रीहरू प्रयोग गरेर सिर्जना गरेका बहुविषय क्षेत्रका १५० भन्दा बढी मौलिक सिर्जनाहरू प्रदर्शनीमा राखिएका थिए । शिक्षाविद् प्रा.डा. विद्यानाथ कोइराला, पूर्व प्रशासक श्री जनकराज ढुङ्गानालगायत सम्मानित अतिथिहरू, प्रतिष्ठानका गुठियारहरू, प्रहरी अधिकृतहरू, पूर्व विद्यार्थीहरू, विभिन्न विद्यालयका विद्यार्थी, शिक्षक तथा अभिभावकहरू, सञ्चारकर्मी एवम् स्थानीय समुदायसहित दुई हजार जनाभन्दा बढी महानुभावहरूबाट उत्सुकतापूर्वक प्रदर्शनीको अवलोकन भएको थियो । अवलोकनकर्ताहरूबाट प्रदर्शनीमा समावेश भएका परियोजनाहरू उत्कृष्ट, सिर्जनात्मक तथा जीवनोपयोगी रहेको र अरुणिमा शैक्षिक प्रतिष्ठानले यस्तो शैक्षिक मेला हरेक वर्ष आयोजना गर्नुपर्ने कुरामा जोड दिएका थिए ।

बुधबार १७ पुस २०८१ ११:५० AM मा प्रकाशित

प्रतिक्रिया