के- के आधारमा पाए सन्दीप लामिछानेले सर्वोच्चबाट राहत?

काठमाडौं - नेपाली क्रिकेट टिमका पूर्वकप्तान सन्दीप लामिछानेलाई बलात्कार मुद्दामा सर्वोच्च अदालतले केही राहत दिएपछि अहिले यो विषय चर्चामा छ।

लामिछानेलाई अन्तर्राष्ट्रियस्तरको क्रिकेट खेलमा प्रतिष्पर्धा गर्नका लागि यसअघि पाटन उच्च अदालतले प्रतिबन्ध लगाएकोमा त्यसलाई सर्वोच्च अदालतले केही खुकुलो पारिदिएको मात्र देखिएको छ।

लामिछानेले विदेशमा पनि गएर क्रिकेट खेल खेल्न पाउने र खेल सकेर स्वदेश फर्किएपछि फर्किएको १५ दिनमा जिल्ला अदालतमा आफू आएको जानकारी आफैं उपस्थित भएर दिनुपर्ने गरी उनलाई विदेश जान अनुमित दिइएको छ।