images

आज भोटो जात्रा, उपत्यकामा सार्वजानिक बिदा

काठमाडौं । आज काठमाडौं उपत्यकामा भोटो जात्रा पर्व मनाइँदैछ । नेपाल संवत्को सातौँ महिना बछलाको शुक्लपक्षको चौँथो तिथिमा पर्ने यो जात्रा मनाइन्छ । बुंग द्यः जसलाई रक्तलोकित्सर्व करुणामय अनि रातो मछिन्द्रनाथका साथै, वर्षाका देवताका रुपमा प्रचलित यस देवताको जात्रा काठमाडौले सदियौँदेखि मनाउँदै आएको छ । ललितपुरमा शाषन गरेका राजा नरेन्द्र देवको पालादेखि मनाइदै आएको यो जात्रा पुलचोकमा ६० फुट अग्लो रथको निर्माण कार्य अगाडि बढेदेखि नै यस जात्राको रौनक शुरु हुन्छ । रथ निर्माण पछि बुंग द्यः को मन्दिरबाट मूर्ति ल्याएर रथमा राखी एक महिनासम्म भक्तजनहरुले त्यस रथलाई उपत्यकाका विभिन्न ठाउँहरुमा तानिन्छ । रथ तान्ने क्रम गाबाहल, मगंलबजार, हाखा, सुन्धारा, चक्रबाहल, लगनखेल हुँदै जावलाखेल मैदानमा राखिन्छ र शुभसाईत हेरेर भोटोजात्राको मिति तय गरिन्छ । यो जात्रा नेपाली ऐतिहासिक भोटो देखाईएपछिमात्र अन्त्य हुनेगर्दछ । यसरी भोटो देखाउनका लागि राष्ट्रप्रमुख आउने र अन्य महत्वपूर्ण विशिष्ट व्यक्तिहरु उपस्थित रहने चलन छ । भोटोजात्राको अवसरका उपत्यकाका तीन जिल्ला (काठमाडौं, भक्तपुर र ललितपुर) मा सार्वजानिक बिदा समेत दिइएको छ । 
 

आइतबार​ १९ जेठ २०८२ ०९:०६ AM मा प्रकाशित

प्रतिक्रिया