काठमाडौँ - नेपाली बजारमा सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ। बिहिबार सुनको मूल्य प्रतितोला १ लाख १२ हजार ५ सय रुपैयाँ पुगेर नयाँ रेकर्ड कायम गरेको हो ।
बुधबार प्रति तोला १ लाख १२ हजार रुपैयाँमा कारोबार भईरहेको छापावाला सुन आज ५ सय रुपैयाँले बढेर १ लाख १२ हजार ५ सय रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । तेजावी सुनको मूल्य तोलाको १ लाख ११ हजार ९ सय ५० रुपैयाँ निर्धारण भएको छ ।
यता, चाँदीको मूल्य प्रति तोला १ हजार ४ सय १० रुपैयाँ कायम भएको छ । चाँदीको मूल्य प्रति तोला १५ रुपैयाँले बढेको हो। बुधबार चाँदीको मूल्य प्रति तोला १ हजार ३ सय ९५ रुपैयाँमा कारोबार भएको थियो ।