images

राजावादीहरुले आज माइतीघर क्षेत्रमा प्रदर्शन गर्दै

काठमाडौं । राजसंस्था पुनस्र्थापना र हिन्दु राज्य कायम गर्नुपर्ने माग राख्दै संयुक्त जनआन्दोलन समितिको अगुवाइमा राजावादी समुहले आज पनि प्रदर्शन गर्ने भएका छन् । आइतबार राजधानीको माइतीघर क्षेत्रमा शान्तीपुर्ण ब्यानर प्रदर्शन गर्ने भएका हुन् । यो आन्दोलनको आज चौथो दिन हो । शुक्रबार राप्रपा, राप्रपा नेपालसहितका हिन्दुवादी र राजावादी संघसंगठन आबद्ध यस समुहले प्रधानमन्त्री निवास रहेको बालुवाटार अगाडि पुगेर प्रदर्शन गरेका थिए । राजसंस्था र हिन्दुराष्ट्रको पुनस्र्थापनाका साथै संघीयता खारेजीको माग गरेर जेठ १५देखि अनिश्चितकालीन आन्दोलन सुरु गरेका छन् । 
 

आइतबार​ १९ जेठ २०८२ ०९:०८ AM मा प्रकाशित

प्रतिक्रिया