images

प्रतिनिधिसभाको बैठकबिहान ११ बजे बस्दै 

काठमाडौं ।संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक आजबिहान ११ बजे बस्नेभएको छ । 
आजको बैठकमा गृह, अर्थ र शिक्षा, विज्ञान तथाप्रविधिमन्त्रालयको बारेमा सांसदले उठाएका मौखिकप्रश्नहरूको सम्बन्धीतमन्त्रीहरुले जवाफदिने कार्यसूची रहेको छ ।
यस्तै, प्रधानमन्त्रीपुष्पकमलदाहालले ‘लोकसेवाआयोगको ६४औँ वार्षिक प्रतिवेदन (२०७९ श्रावण–२०८० आषाढ)’ पेस गर्ने कार्यक्रम छ ।ऊर्जा, जलस्रोत तथासिँचाइमन्त्रीशक्तिबहादुर बस्नेतले ‘जलस्रोत विधेयक, २०८१ माथिविचार गरियोस्’ भनी प्रस्ताव पेस गर्ने छन् ।
यसको साथै, अर्थमन्त्रीवर्षमानपुनले ‘बैंक तथावित्तीय संस्था सम्बन्धी (पहिलो संशोधन) विधेयक, २०८० लाई समितिमा पठाइयोस्’ भनी प्रस्ताव प्रस्तुत गर्ने, उद्योग, वाणिज्य तथाआपूर्तिमन्त्रीदामोदर भण्डारीले ‘लगानी सहजीकरण सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक, २०८१ माथिको दफावार छलफल गरियोस्’ भनी प्रस्ताव प्रस्तुत गर्नेकार्यसूची रहेको छ । 
‘लगानी सहजीकरण सम्बन्धी केहि नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८१’माथिप्राप्त संशोधनहरुलाई निर्णयार्थ प्रस्तुत गरिने र उद्योग, वाणिज्य तथाआपूर्ति मन्त्रीदामोदर भण्डारीले ‘लगानी सहजीकरण सम्बन्धी केहि नेपाल ऐनलाई संशोधन गर्नेविधेयक, २०८१ लाइपारित गरियोस्’भनी प्रस्ताव प्रस्तुत गर्ने पनिकार्यसूची रहेको छ । 
 

सोमबार १७ असार २०८१ ०१:०४ PM मा प्रकाशित

प्रतिक्रिया