विश्वकप छनोट : नेपालले भोलि यूएईविरुद्ध खेल्ने

 काठमाडौँ - जिम्बाब्वेमा जारी आईसीसी पुरुष क्रिकेट विश्वकप छनोटअन्तर्गत नेपालले भोलि युनाइटेड अरब इमिरेट्स यूएईको सामना गर्दै छ । नेपाल र यूएईले सातौ स्थानका लागि प्लेअफ खेल्ने भएका हुन् । नेपाल र यूएईबीचको खेल टाकासिंगा स्पोर्ट्स क्लबमा नेपाली समयअनुसार दिउँसो १२:४५ बजेबाट सुरु हुनेछ ।

नेपाल समूह ‘ए’ मा एक खेल जित्दै चौँथो स्थानमा रहेपछि प्लेअफ खेल्न लागेको हो । अर्कोतर्फ समूह ‘बी’ मा यूएईले खेलेका चारवटै खेलमा पराजय भोगेको थियो । यूएई समूहको पाचौँ स्थानमा रहेको थियो ।

नेपाल र यूएईको विजेताले सातौं स्थानका लागि आयरल्यान्डको सामना गर्नेछ । यसअघि भएको पहिलो प्लेअफमा आयरल्यान्डले अमेरिकालाई पराजित गरेको थियो ।