काठमाण्डौँ - जल तथा मौसम विज्ञान विभागको बाढी पूर्वानुमान महाशाखाका अनुसार आज बिहानैदेखि बुटवल, पाल्पा र आसपासको क्षेत्रमा अत्यधिक वर्षा भइरहेको वर्षा हुने क्रम बढ्दै गएको छ ।
जसले गर्दा तिनाउ नदीमा बाढी आएको छ । तिनाउ नदीले बुटबलस्थित खतराको संकेत पार गरेको छ । बुटवलस्थित बाढी मापन केन्द्रका अनुसार पानीको सहत ६.८८ मिटर पुगेको छ। जबकि, ५.६ मिटरलाई खतराको स्तर मानिएको छ।