काठमाडौं । हालदेशभर मनसुनीवायुको प्रभाव रहेको छ । मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास अवस्थित रहेको मौसम पूर्वानुमानमहाशाखाले जनाएको छ।
जसका कारण लुम्बिनी, कर्णाली र सुदूरपश्चिमलगायत देशको पहाडी भूभागमाआंशिक देखि साधरणतया बदली साथै बाँकीभूभागमाआंशिकबदली देखि मुख्यतया सफा रहेको छ ।
आजदिउँसो देशभर आंशिक देखि साधरणतया बदली रहने छ। कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमप्रदेशका केही स्थानहरूमातथामधेस प्रदेशकाथोरै स्थानहरूमा चट्याङ्गसहितहल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिमप्रदेशका एक–दुई स्थानमाभारी वर्षाको पनि सम्भावना रहेको छ ।
आज रातिकोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिमप्रदेशकाथोरै स्थानहरूमातथामधेस र लुम्बिनीप्रदेशका एक–दुई स्थानमा चट्याङ्गसहितहल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी, गण्डकी र सुदूरपश्चिमप्रदेशका एक–दुई स्थानमाभारी वर्षाको पनि सम्भावना रहेको छ ।
कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिमप्रदेशमाभारी वर्षाको पनि सम्भावना रहेकाले ती क्षेत्रमाहुन सक्ने गेग्रानबहाव, बाढी, पहिरो तथाभूक्षय जस्ता प्रकोपको जोखिमवा क्षतिबाट बच्नआवश्यक सतर्कताअपनाउनमहाशाखाले अनुरोध गरेको छ ।
प्रतिक्रिया