भदौ , काठमाडौं । अरुणिमा–रमेश विकल अन्तर विद्यालय स्थलगत बाल चित्रकला प्रतियोगिता नव अरुणिमा मा.वि. आरुबारीमा सम्पन्न भएको छ । प्रतियोगितमा कक्षा ६ देखि १० सम्म अध्ययनरत ३१ विद्यालयका ५९ जना विद्यार्थीहरूको सहभागिता रहेको थियो । प्रतियोगिताका विजयी विद्यार्थीहरू (प्रथम– आरोशी गुरुङ, चेल्सी वर्ल्ड स्कूल, द्वितीय– श्रीकन्या चाम्लिङ राई, अरुणिमा मा.वि., तृतीय– लामो लोप्चन लामा, न्यू बुद्ध प्रकाश सेकेन्डरी स्कूल, सान्त्वना– सिजन लामा, टाइमलाइन स्कूल र प्रशंसा तामाङ– जीवनतारा एकेडेमी) लाई प्रमाण पत्र, ट्रफी, मेडलसहित पुरस्कार वितरण गरियो । कार्यक्रमलाई प्रमुख अतिथिको रुपमा वरिष्ठ चित्रकार एवं ललितकला क्याम्पसका पूर्व प्रमुख कृष्ण मानन्धर, नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका पूर्व कुलपति तथा रमेश विकल साहित्य प्रतिष्ठानका उपाध्यक्ष के. के. कर्माचार्य, अरुणिमा शैक्षिक प्रतिष्ठानका अध्यक्ष भिमानन्द ढुंगाना र कार्यकारी प्रिन्सिपल ईश्वरीप्रसाद लामिछानेले सम्बोधन गर्नुभयो । कार्यक्रममा सहभागी विद्यार्थीहरूको चित्रकलाको मूल्याङ्कन ललितकला प्रज्ञा प्रतिष्ठानका पूर्व सचिव रबिन कोइराला र चित्रकारितामा स्नातकोत्तर श्याम श्रेष्ठले गर्नु भएको थियो । कार्यक्रमको अन्त्यमा सभाध्यक्ष नव अरुणिमा मा.वि.का अध्यक्ष गोपालप्रसाद बरालले कृतज्ञताका साथ सम्पूर्ण उपस्थित महानुभावहरूमा धन्यवाद ज्ञापन गर्दै कार्यक्रम समापन गर्नुभयो ।
प्रतिक्रिया