images

बुढीगंगामा एक जना मृत फेला

बाजुरा । बाजुराको बुढीगंगा नगरपालिकाका एक जना मृत फेला परेका छन् । मृत फेला पर्नेमा सोही नगरपालिका वडा नम्बर १० सेलापाखाका ४० वर्षीय धनबहादुर रावत रहेका छन् ।रावत वडा नम्बर–९ मा रहेको जुवापानी डाँडामा मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ । घरबाट हिडेर बेपत्ता भएका रावतको प्रहरीमा खोजीका लागि निवेदन पश्चात् खोजी कार्य गर्दा उनी मृत फेला परेका हुन् ।मृत अवस्थामा फेला परेका रावत मानसिक सन्तुलन  गुमाएका रहेको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी निरिक्षक लक्ष्मीराज जोशीले जानकारी दिएका छन् ।रावतको शव पोष्ट मार्टमका लागि जिल्ला अस्पताल बाजुरामा ल्याईएको प्रहरी निरिक्षक जोशीको भनाइ छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
 

सोमबार १५ मंसिर २०८२ ०३:२८ PM मा प्रकाशित

प्रतिक्रिया