images

आज विश्व सिमसार दिवस विश्वभर विभिन्न कार्यक्रम गरि मनाइँदै

काठमाडौं । आज विश्व सिमसार दिवस विश्वभर विभिन्न कार्यक्रम गरि मनाइँदैछ । मानवीय अतिक्रमणका कारण सिमसार क्षेत्र संकटमा पर्दे गएको भन्दै त्यसलाई जोगाउने तथा महत्त्व बसझाउनेबारे सचेतना बढाउने कार्यक्रममा जोड दिँदै यो दिवस मनाइन्छ ।राष्ट्रिय सिमसार नीति, २०५९ अनुसार, नेपालको तराईका सिमसार क्षेत्रहरूमा मात्रै ३२ प्रजातिका स्तनधारी जनावर, ४६१ प्रजातिका चराहरू ९जसमध्ये १५ प्रजाति दुर्लभ श्रेणीका०, ९ प्रजातिका कछुवा, २० प्रजातिका सर्प र २८ प्रजातिका माछा पाइन्छन् ।यसका अतिरिक्त सिमसारले बाढी, पहिरो, अतिवृष्टि अनि अनावृष्टिलाई पनि प्राकृतिक सुरक्षण प्रदान गर्छ । करिब ३ अरब संसारका जनसङ्ख्याहरूले खाने चामल यसै सिमसार क्षेत्रका दलदले माटोहरूले उत्पादन गर्छन् ।नेपालका १० वटा क्षेत्र रामसार सूचीमा सूचीकृत छन् । नेपालको ६० हजार ५६१ हेक्टर क्षेत्र रामसारमा पर्छ । पहिलो पटक सन् १९८७ डिसेम्बर १७ मा नेपालको कोसी टप्पु वन्यजन्तु आरक्षलाई रामसार सूचीमा सुचिकृत गरिएको थियो । कोशीटप्पुसहित बिसहजारी तथा आसपासका ताल, घोडाघोडी ताल क्षेत्र, जगदिशपुर जलाशय, रारा, फोक्सुण्डो, गोसाइँकुण्ड तथा आसपासका क्षेत्र रामसारमा सूचीकृत छन् ।यस्तै गोक्यो तथा आसपासका ताल, माइ पोखरी र पोखरा उपत्यकाका ताल पनि सूचीकृत भइसकेका छन्। तर पछिल्लो समय रामसार क्षेत्र मासिँदै गएको छ ।

सोमबार १९ माघ २०८२ १०:५९ AM मा प्रकाशित

प्रतिक्रिया