images

विश्व बजारमा चीनले ल्यायो रोबोट भ्याकुम क्लिीनर

काठमाडौँ । चीनले विश्व बजारमा रोबोट भ्याकुम क्लिीनर ल्याएको छ । चीनले उत्पादन गरेका यस्ता रोबोटिक भ्याकुम क्लिनरहरूले विश्व बजारमा उल्लेखनीय सफलता हासिल गरेका छन् ।पछिल्लो तथ्यांकअनुसार पश्चिमी युरोपमा बिक्री हुने कुल रोबोट भ्याकुममध्ये करिब ६० प्रतिशत हिस्सा चीनियाँ ब्रान्डको रहेको छ । सन् २०२५ को जनवरीदेखि नोभेम्बरसम्मको अवधिमा यो प्रवृत्ति अझ बलियो देखिएको हो ।जर्मनीको बर्लिनस्थित एक इलेक्ट्रोनिक्स रिटेल स्टोरमा रोबोरक र ड्रिमे जस्ता चिनियाँ ब्रान्डका विभिन्न मूल्यका रोबोट क्लीनर उत्पादनहरू सहजै उपलब्ध छन् । स्थानीय उपभोक्ताहरूले प्रविधि र नवप्रवर्तनको मामिलामा चिनियाँ उपभोक्ता इलेक्ट्रोनिक्स अग्रणी स्थानमा रहेको बताएका छन् ।ग्राहकहरूका अनुसार उचित मूल्य, उच्च गुणस्तर र छिटो बजारमा ल्याइने नयाँ प्रविधिले चीनियाँ ब्रान्डलाई लोकप्रिय बनाएको हो । युरोपेली ब्रान्डहरू अपेक्षाकृत कम नवप्रवर्तनशील देखिएको भन्दै धेरै उपभोक्ता चीनियाँ प्रविधितर्फ आकर्षित हुँदै गएका छन् ।बजार अनुसन्धान संस्था इन्टरनेसनल डाटा कर्पोरेसन ९आईडीसी० का अनुसार रोबोट भ्याकुम उद्योगको सबैभन्दा ठूलो खेलाडी रोबोरक हो । कम्पनीको सन् २०२५ को पहिलो अर्धवार्षिक अवधिमा आम्दानी करिब ७९ प्रतिशतले वृद्धि भएको छ । यसमध्ये ५० प्रतिशतभन्दा बढी आम्दानी अन्तर्राष्ट्रिय बजारबाट आएको जनाइएको छ ।रोबोरकका अध्यक्ष क्वान गाङका अनुसार सन् २०२५ मा कम्पनीले विश्वभर ७२ लाखभन्दा बढी युनिट रोबोट भ्याकुम बिक्री गरेको छ । कम्पनीका उत्पादनहरू हाल १७० भन्दा बढी देश तथा क्षेत्रमा उपलब्ध छन् भने विश्वभर २ करोडभन्दा बढी घरपरिवारले यसको प्रयोग गरिरहेका छन् ।आईडीसीकै तथ्यांकअनुसार गत वर्षको पहिलो तीन त्रैमासिक अवधिमा विश्वभर १ करोड ७० लाखभन्दा बढी स्मार्ट रोबोट भ्याकुम पठाइएका छन् । यो अघिल्लो वर्षको तुलनामा करिब १९ प्रतिशतले वृद्धि भएको हो । सीसीटीभी

सोमबार १९ माघ २०८२ ११:०५ AM मा प्रकाशित

प्रतिक्रिया